ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

विश्व बजारमा ईभी र हाईब्रिड कारको बिक्रीमा उच्च बृद्धि देखिएको छ । एक रिपोर्टका अनुसार, सेप्टेम्बर २०२४ मा प्योर इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीहरूको विश्वव्यापी बिक्री ३०.५ प्रतिशतले बृद्धि भएको हो ।

प्रतिवेदनका अनुसार युरोपेली देशहरुमा न्यू इनर्जी भेइकलको बिक्रीले पुन गति लिँदा चीनले अगस्ट २०२४ मा आफ्नो रेकर्ड संख्याहरू पार गर्न सफल भएको छ । आफ्ना ईभीमा यूरोपले ४५ प्रतिशत कर बृद्धि गर्दा समेत चीनले बिक्री बढाउन जोड दिइरहेको छ ।

रो मोशनद्वारा जारी गरिएको तथ्याङ्कले सेप्टेम्बर २०२४ मा विश्वव्यापी रूपमा ईभी र हाइब्रिड कारको बिक्री १.६९ मिलियन यूनिट पुगेको देखाएको छ । चीनमा गत महिना १.१२ मिलियन कार बिक्री हुँदा ४७.९ प्रतिशत बृद्धि भएको उक्त तथ्यांकमा उल्लेख गरिएको छ ।

युरोपमा इटाली, जर्मनी र डेनमार्कमा उल्लेखनीय बृद्धि हुँदा बेलायतमा ईभीको बिक्री २४ प्रतिशतले बिक्री भएको उल्लेख छ । त्यस्तै अमेरिका र क्यानडाले पनि गत महिना ईभीको बिक्रीमा ४.३ प्रतिशत बृद्धि हाँसिल गरेका छन् ।

सम्बन्धित समाचारहरू

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवल–जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड...

तातोपानी नाकाबाट सातामा दुई दिन मात्रै ईभी आयात गर्न पाइने

तातोपानी नाकाबाट सातामा दुई दिन मात्रै ईभी आयात गर्न पाइने

काठमाडौं– तातोपानी नाकाबाट आयात हुने विद्युतीय सवारी (ईभी) गाडी आयात...

ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने, सुरुवाती मूल्य नै १ लाख ४० हजार डलर

ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने, सुरुवाती मूल्य नै १ लाख ४० हजार डलर

काठमाडौं– चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जीडब्लुएम) ले लक्जरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...