एइटो ब्रान्डको ४ लाखौ कार एसेम्बली प्लान्टबाट सार्वजनिक, ७० हजारौं एम९ डेलिभरी
टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो...
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।
सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक खण्डमा सवारीसाधन चार्ज गर्न घण्टौँ लाइनमा बस्नुपरको, जङ्गल क्षेत्रमा रहेका चार्जिङ स्टेसनमा गुणस्तरीय होटल तथा शौचालयसहित आधारभूत आवश्यकता नभएको तथा सरकारीकोे तुलनामा निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन करिब दुई गुणासम्म महङ्गो भएको भनी उनीहरूले सम्बद्ध पक्षकोे ध्यानाकर्षण गरेका छन् ।
यात्रु ममता राईले भनिन्, “जङ्गल क्षेत्रमा गाडी चार्ज गर्नका लागि बिजुलीको व्यवस्था भए पनि आधुनिक शौचालय, गुणस्तरीय परिकारसहितको होटल र भरपर्दाे सुरक्षा व्यवस्था नभएकोलाई त्यसतर्फ सम्बन्धित पक्षले तत्काल ध्यान दिन आवश्यक छ ।”
विद्युतीय सवारी साधनमा सञ्चालन खर्च कम भए पनि डिजेलवाला सवारी साधनको जस्तै गरी महङ्गो भाडा तिर्नुपर्दा ठगिएको महसुस हुनेगरेको धारणा व्यक्त गर्दै हेटौँडा निवासी ललितबहादुर थिङले साविक उठाउँदै आएको भाडा दर घटाएर यात्रुलाई राहत दिन सरकार एवं सम्बद्ध व्यवसायीसँग अनुरोध गरे ।
वीरगञ्जका सवारी चालक रोहित साहले भने, “सरकारी चार्जिङ स्टेसनमा एक युनिट बिजुलीको मूल्य चार रुपैयाँ छ भने निजी क्षेत्रकोमा आठ रुपैयाँसम्म पर्दछ, यसले सरकारी स्टेसनहरुमा भीड बढाएको छ, लामा रुटमा चल्ने विद्युतीय सवारी साधनले बेग्लै खालको समस्या झेल्नुपरेको छ, त्यसतर्फ राज्यपक्षको ध्यान जान आवश्यक छ ।”
यसैगरी विराटनगरका चालक प्रेम आलेले भने, “गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरो सडक बिगारिदिँदा यसअघि चल्तीको बिपीमार्गमा गाडी चलाउन गाह्रो छ, अहिले देशको पूर्वी क्षेत्रतर्फ जाने गाडीहरु चार्जिङ स्टेसनरहित कान्तिराजमार्ग हुँदै गुडिरहेका छन्, सो सडक खण्डमा पनि सरकारी चार्जिङ स्टेसनको व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी छ ।”
टेक्नोलोजी जायन्ट हुवावे र सेरेसद्वारा संयुक्त रुपमा डिजाइन गरिएको एइटो...
काठमाडौं – ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा...
काठमाडौं–एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...