अग्नी समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
काठमाडौँ – अग्नी समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा...
काठमाडौं– भारतिय एसयूभी जायन्ट महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो क्लासिकलाई नयाँ एडिसनमा उतारेको छ । कम्पनीले स्कर्पियो क्लासिकको बोस एडिसन लन्च गरेको हो । सो नयाँ एडिसनको इन्टेरियर र एक्सटेरियरमा एसेसोरिज थप गरी अपग्रेड गरिएको छ ।
एसयूभीको नयाँ एडिसनमा ब्ल्याक कलर थिम दिइएको छ । यसको फ्रन्ट ग्रिल र फग ल्याम्प हाउजिङलाई पुरै कालो रङमा सजाइएको छ भने बोनेट स्कुप, रियर क्वार्टर ग्लास, हेडल्याम्प र टेलल्याम्पमा समेत ब्ल्याक क्रोम दिइएको छ ।
साथै सो नयाँ एडिसनमा महिन्द्राले रेन भाइजर, फ्रन्ट स्किड प्लेट, ब्ल्याक कलरको रियर गार्ड र रियर भ्यू क्यामेरा थप गरेको छ । इन्टेरियरमा खासै ठूलो परिवर्तन नगिरएपनि ब्ल्याक सिट अपहोलेस्ट्रि र कम्फर्टका लागि कुशन र नेक पिल्लो भने थप गरिएको छ ।
स्कर्पियो क्लासिकमा महिन्द्राले २.२ लिटर क्षमताको फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १३२ एचपी पावर र ३०० एनएम टर्क जनेरेट गर्दछ । रियर ह्विल ड्राइभ भएको यसमा ६ स्पिड म्यानुअल गियरवक्स पाउन सकिन्छ ।
काठमाडौँ – अग्नी समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा...
महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने...
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...