४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएका छन् । यो टोली ५ हजार ८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएका हुन् । ‘द ग्रेट हिमालयन ओडिसी’ नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६ हजार किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ ।
बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा बुधबार बिहानन क्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावितको साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ ।
बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भने ‘बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार ४०० को स्थायित्व र यी सवारहरूको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कंट्री साहसिक कार्य सफल बनाउनका लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
उक्त अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना भएको र सपना आखिरमा साकार हुँदै गरेको बनाए । उनले भने, ‘हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रामात्र होइन, साहस र जोशको बयान पनि हो ।’
प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको...
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...