रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको मिति पनि खुलासा गरेको छ । सो मोटरसाइकल नोभेम्बर ४, २०२४ मा सार्वजनिक गर्ने भएको छ । साथै कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलको पहिलो टिजर पनि सार्वजनिक गरेको छ । सो टिजरमा एक मोटरसाइकललाई प्यारासुटको सहायताले अन्तरिक्षबाट तल झरेको देखाइएको छ ।

कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलसँग सम्बन्धित कुनै पनि विवरण साझा गरेको छैन । कम्पनीले सो मोटरसाइकल सार्वजनिक गर्ने भनिएको मिति कम्पनीका लागि उपयुक्त समय मानिएको छ । तर, यसको डिजाइन, फिचर, रेन्ज र मूल्यले बजारमा यसको भविष्य निर्धारण गर्नेछ। कम्पनीका लागि अर्को ठुलो फाइदा भनेको ओलाको पहिलो इलेक्ट्रिक मोटरसाइकल अघि नै लन्च गर्न लागेको हो ।

रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकलको डिजाइन यसअघि पनि लीक भएको थियो । यसको च्यासिस डिजाइन पूर्णतया नयाँ हुनेछ । यसमा र्‍याक-आउट फ्रन्ट एन्ड, स्कूप-आउट सोलो स्याडल र खुला, झुकेको फेन्डर फिचर हुन सक्ने सम्भावना छ । इन्धन ट्याङको लुपिङ फ्रेमले मोटरसाइकल धेरै फरक देखिने अनुमान गरिएको छ ।

सो इलेक्ट्रिक मोटरसाइकलमा ब्याट्री प्याकलाई फ्रेमको रूपमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ । यसमा ब्याट्री कभर र मोटर दुवै वरिपरि फिट गर्न सकिन्छ। बाइकको दायाँ छेउमा बेल्ट ड्राइभ हुन सक्छ र दुबै छेउमा डिस्क ब्रेक हुनेछ। यसमा स्विङआर्मको माथिल्लो एलिमेन्टसँग जोडिएको मोनोशक हुनेछ । सो इलेक्ट्रिक मोटरसाइकलको मुख्य आकर्षण फ्रन्ट सस्पेन्सन सेटअप हो, जहाँ गर्डर फोर्कहरू देख्न सकिन्छ ।

योसँगै कम्पनीले आफ्नो नयाँ ६५० सीसी स्क्र्याम्बलर सार्वजनिक गर्ने सम्भावना छ, जसलाई इन्टरसेप्टर बियर ६५० नाम दिइएको छ ।

सम्बन्धित समाचारहरू

तीन भेरिएन्टमा आयो रोयल इन्फिल्ड गुरिल्ला ४५०, यस्तो छ विशेषता

तीन भेरिएन्टमा आयो रोयल इन्फिल्ड गुरिल्ला ४५०, यस्तो छ विशेषता

काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक भारतमा सार्वजनिक

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक भारतमा सार्वजनिक

शक्तिशाली मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्ड पनि अब इलेक्ट्रिक...

इन्जिन र फिचर अपडेट भएर आयो हन्टर ३५०, मूल्य कति ?

इन्जिन र फिचर अपडेट भएर आयो हन्टर ३५०, मूल्य कति ?

काठमाडौं–रोयल इनफिल्डको सबैभन्दा सस्तो मोडल हन्टर ३५० अपडेट भएर आएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...