एड्भेन्चर मोटरसाइकल जोनसेन क्यारेरामा फेस्टिभ अफर, यस्तो छ छुट र अन्य सुविधा

एड्भेन्चर टुरिङ रुचाउने राइडरहरुका लागि लक्ष्यित गरी नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक जोनसेन क्यारेरा किन्दा कम्पनीले अफर उपलब्ध गराएको छ ।

फेस्टिभ अफरको रुपमा उपलब्ध गराएको यो बाइक किन्दा शुरुमै ५ हजार रुपैयाँ छुट उपलब्ध हुन्छ भने स्क्र्याच कार्डमार्फत १० हजार रुपैयाँ सम्म थप छुट हुने जनाइएको छ । यो बाइकको मूल्य ५ लाख ६० हजार ५ सय रुपैयाँ छ ।

यो बाइकमा कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध गराएको छ ।

२२० सीसी इन्जिनयुक्त यो बाइकमा एड्भेन्चर मोटरसाइकलमा हुनु पर्ने विभिन्न विशेषता रहेका छन् । यसमा डिजिटल मिटर, फुल एलईडी लाइट, २०० एमएमको ग्राउन्ड क्लियरेन्स र फराकिला टायर आदि उल्लेखनिय विशेषता हुन् ।

नेपाली बजारमा ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले यो मोटरसाइकल बिक्री वितरण गरिरहेको छ । नेपालभर रहेका शोरुमबाट यो बाइक खरिद गर्न सकिन्छ । पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग साट्नका लागि अन द स्पट फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको छ ।

नेपाली बजारमा जोनसेन नयाँ ब्रान्ड हो । सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ । जोनसेनले विश्वका ८० भन्दा बढी राष्टमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्नेे जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री

इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री

काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

यी हुन् यूएसडी फोर्क भएका सबैभन्दा किफायती मोटरसाइकल

भारतमा अब यूएसडी फोर्क मोटरसाइकल सस्तो मूल्यमा पनि उपलब्ध हुन थालेका छन्।...

अब नेपालको ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा प्रवेश गर्दै सीएफमोटो, लन्च हुँदै नयाँ मोटरसाइकल

अब नेपालको ड्युअल–स्पोर्ट मोटरसाइकल बजारमा प्रवेश गर्दै सीएफमोटो, लन्च हुँदै नयाँ मोटरसाइकल

काठमाडौं – सीएफमोटो समेत नेपालको लाइटवेट ड्युअल–स्पोर्ट मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...