नयाँ एसयूभी काइल्याक चाँडै लन्च गर्ने तयारीमा स्कोडा, फर्स्ट लुक सार्वजनिक

स्कोडाले चाँडै नै नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ६ नोभेम्बर २०२४ मा नयाँ एसयूभी काइल्याक लन्च गर्ने भएको छ । कम्पनीले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याउने छ । सो गाडी कम्पनीले पूर्ण रूपमा भारतमा निर्माण गरेको छ र एमक्युबी-एओ-आईएन प्लेटफर्ममा निर्माण हुने तेस्रो गाडी हुनेछ। यसको फर्स्ट लुक क्यामोफ्ल्यागमा सार्वजनिक भएको छ ।

अन्य कार जस्तै स्कोडाले काइल्याक एसयूभीमा पनि एक लिटर इन्जिन प्रयोग गर्नेछ । एक लिटर इन्जिनमा टर्बोसहित ३ वटा सिलिन्डर ल्याइएको छ । साथै यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन दिइनेछ । जसका कारण यसले १७८ एनएम टर्कको साथ ११४ बीएचपी पावर जेनेरेट गर्नेछ ।

स्कोडा काइल्याक एसयूभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गर्नेछ । एलईडी लाइटका साथै यसमा शार्क फिन एन्टेना, हाई माउन्टेड स्टप ल्याम्प, रूफ रेल, नयाँ डिजाइनसहितको टेलगेट, २५ भन्दा बढी सक्रिय र निष्क्रिय फिचर, स्ट्यान्डर्डका रूपमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, हिल असिस्ट, ट्राक्सन कन्ट्रोल, आइएसओफिक्स चाइल्डल, एन्कोरेज, ८ देखि १० इन्चको इन्फोटेनमेन्ट सिस्टम जस्ता जस्ता फिचर समावेश गरिएको छ ।

स्कोडा काइल्याकको लम्बाई ३९९५ एमएम र ह्विलबेस २५६६ एमएम हुनेछ। साथै यसको ग्राउन्ड क्लियरेन्स लगभग १९० एमएम हुनेछ ।

कम्पनीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा स्कोडा काइल्याक लन्च गर्नेछ । यसले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, टाटा नेक्सन जस्ता एसयूभीसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी काइलक, अर्को वर्ष लन्च हुने

स्कोडा इन्डियाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी कारको नाम घोषणा गरेको छ ।...

स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै

स्कोडा कुशाक फेसलिफ्टको टिजर सार्वजनिक, २० जनवरीमा लन्च हुँदै

स्कोडाले भारतीय बजारमा बिक्री गर्दै आएको लोकप्रिय मध्यम आकारको एसयूभी...

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाले भारतमा आफ्नो उत्पादन क्षमतालाई बृद्धि गरेको छ । कम्पनीले चाकन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...