पुनः लन्च हुँदैछ बजाजको बक्सर मोटरसाइकल
बजाजले कुनै समयमा लोकप्रिय रहेको मोटरसाइकल बक्सर पुनः लन्च गर्ने तयारी...
बजाज अटोले १२५ सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो नयाँ बाइकका साथ कम्पनी प्रिमियम १२५ सीसी बाइक सेगमेन्टमा पहिले देखि नै बजारमा उपलब्ध टीभीएस रेडर र हिरो एक्सट्रिम १२५आर जस्ता बाइकलाई चुनौती दिने तयारी गरिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार बजाजले सबैभन्दा बढी बिक्ने मोडल पल्सरको नयाँ मोडल पल्सर एन१२५ लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो बाइक लन्च गर्ने मिति अक्टोबर १६ फाइनल समेत गरेको छ, यद्यपि कम्पनीले मोडलको खुलासा भने गरेको छैन । तर पनि सो बाइक पल्सर एन१२५ हुने धेरैले अनुमान गरेका छन् ।
सो बाइक धेरै पटक परीक्षणको समयमा समेत देखिएको छ । अब भने यसको लन्च समय समेत आइपुगेको छ ।
पहिले नै लिक भएको तस्बिर अनुसार सो बाइक स्पोर्टी र स्टाइलिस हुनेछ । हाल बजाजले पल्सर रेन्जमा पल्सर १२५ स्ट्यान्डर्ड र पल्सर एनएस १२५ बिक्री गरिरहेको छ । अब पल्सर एन रेन्जमा नयाँ बाइक आए पश्चात १२५ सीसीका तीन मोडल उपलब्ध हुनेछन् । स्पोर्टी डिजाइनमा उपलब्ध हुने पल्सर एन१२५ ले विशेष गरी युवा ग्राहकलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
बजाज पल्सर एन१२५ एक प्रिमियम कम्युटर बाइक हुन सक्ने छ । स्पाई इमेज अनुसार सो मोटरसाइकलमा मस्कुलर लुकयुक्त फ्युल ट्यांक, स्प्लिट सिट र टु पिस ग्र्याब रेल हुनेछ । यसमा एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प समेत हुनेछ ।
अन्य कम्पनीका यही सेगमेन्टका बाइकसँग प्रतिस्पर्धा गर्नका लागि पल्सर एन१२५ मा एबीएस ब्रेकिङ जस्ता एड्भान्स्ड फिचर पनि हुन सक्ने छ । यद्यपि सो बाइक सिंगल च्यानल एबीएसका साथ उपलब्ध हुने अनुमान गरिएको छ ।
नयाँ पल्सर एन१२५ मा हाल उपलब्ध पल्सर १२५ कै सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुने अनुमान छ । यद्यपि बाइकलाई स्पोर्टी क्यारेक्टर दिने गरी इन्जिनमा केही परिवर्तन समेत हुन सक्ने छ । यसलाई फाइभ–स्पिड गियरबक्सका साथ जोडिने छ । यसको मूल्य भारतीय बजारमा ९० हजार देखि १ लाख भारु सम्म हुने अनुमान गरिएको छ ।
बाइकमा स्मार्टफोन कनेक्टिभिटी र ब्लुटुथका साथ डिजिटल कन्सोल समेत उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।
बजाजले कुनै समयमा लोकप्रिय रहेको मोटरसाइकल बक्सर पुनः लन्च गर्ने तयारी...
काठमाडौं– बजाजले भारतमा हालै बिक्री सुरु गरेको सबैभन्दा शक्तिशाली पल्सर...
काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...