‘नो हर्न’ अभियानमा थप कडाइ, नौ हजार आठसय कारबाहीमा

काठमाडौँ - काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ ।

काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’लाई अभियानकै रुपमा सञ्चालन गरी पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँसलगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।

सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात कडाइका साथ कारबाही ट्राफिक प्रहरीले गर्दै आएको छ । सवारी साधनले अनावश्यक रूपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरी प्रदुषण कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

जथाभावी हर्न वजाउँदा पैदलयात्री विशेषगरी वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरूको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरूलाई समेत ध्यानमा राखी नियमित निगरानी र कारबाही गरिँदै आएको डीआईजी बोहराले बताए ।

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत आव ०८०–८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यसवर्ष समेत नौ हजार आठसय तीस सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढी ध्वनी प्रदुषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

धरहरा पार्किङ विषयमा महानगर र मन्त्रालय विवाद, यस्तो छ तर्क

धरहरा पार्किङ विषयमा महानगर र मन्त्रालय विवाद, यस्तो छ तर्क

काठमाडौं – धरहरा क्षेत्रमा केही दिन पहिले काठमाडौं महानगरले पार्किङ खुला...

कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया अघि नबढ्ने

कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया अघि नबढ्ने

काठमाडौं– सडक विभागले कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’...

कलाकार मनोज गजुरेल भन्छन् – ट्राफिक जरिवाना तिर्दा पनि करोडको मज्जा आयो

कलाकार मनोज गजुरेल भन्छन् – ट्राफिक जरिवाना तिर्दा पनि करोडको मज्जा आयो

काठमाडौं – कलाकार मनोज गजुरेलले ट्राफिक प्रहरीले जरिवाना तिराउँदा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...