देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर ३७ डीसी फास्ट चार्जर रहेको जानकारी सार्वजनिक गरेको छ । त्यसैगरी विभिन्न ६ स्थानमा एसी फास्ट चार्जर समेत रहेका छन् ।

बीवाईडीले यस अनुसार विभिन्न ४३ स्थानबाट चार्जिङ सुविधा उपलब्ध गराउन सक्छ । डीसी फास्ट चार्जर ३० किलोवाट र एसी फास्ट चार्जर ४० किलोवाट क्षमताका छन् ।

लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज, लमही, घोराही, अमिलिया, प्युठान, भैरहवा, बुटवल, कोहलपुर र तुलसीपुर गरी विभिन्न १३ स्थानमा डीसी फास्ट चार्जर छन् । त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत पोखरा र डुम्रे गरी तीन स्थानमा तथा बागमती प्रदेश अन्तर्गत गुहेश्वरी, अनामनगर, नक्साल, ललितपुर, सल्लाघारी, सोल्टीमोड, कुरिनटार र चितवन गरी ११ स्थानमा डीसी फास्ट चार्जर रहेका छन् ।

कोशी प्रदेश अन्तर्गत इटहरी, विर्तामोड, विराटनगर र दमक गरी सात स्थानमा यस्ता चार्जर रहेका छन् भने मधेश प्रदेश अन्तर्गत वीरगन्ज, जनकपुर र बर्दिबास गरी तीन स्थानमा यस्ता चार्जर छन् ।

४० किलोवाटको एसी फास्ट चार्जर चाहिं नेपालगन्जको नमस्ते भिलेज रिसोर्ट, तुलसीपुरको होटल वेस्टर्न प्यालेस, धनगढीको होटल रुवस, काठमाडौं मित्रपार्कको होटल ग्रान्ड भ्यु, बीवाईडी विराटनगर सर्भिस सेन्टर र चितवनको अस्टभुजा आयल डिस्ट्रिब्युटरमा रहेका छन् ।

साइमेक्स इंकले देशभर रहेका फास्ट चार्जरमार्फत आफ्नो गाडी चार्ज गर्न र विशेष अवस्थामा कुनै रोड साइड असिस्टेन्स वा इमर्जेन्सी सर्भिस चाहिएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

यसका लागि देशभरमा रहेका विभिन्न सर्भिस नेटवर्क र अन्य जानकारी समेत उपलब्ध गराएको छ ।

दसैंको समयमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको सहजताका लागि यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ । यस सम्बन्धी विस्तृत जानकारी वेबसाइट वा फेसबुक पेजमार्फत समेत लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

एआईमा आधारित एक्सपेङको पहिलो मोडल सार्बजनिक, यस्तो छ मूल्य र फिचर

एआईमा आधारित एक्सपेङको पहिलो मोडल सार्बजनिक, यस्तो छ मूल्य र फिचर

एक्सपेङले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी जी७ लन्च गरेको छ । सो नयाँ...

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

डाउनपेमेन्ट नगरी मासिक २१ हजार किस्तामा इलेक्ट्रिक स्कुटर

सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...