होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
निसान म्याग्नाइट फेसलिफ्ट भारतमा लन्च भएको छ । कम्पनीले अब सो एसयूभीको डेलिभरी पनि सुरु गरिसकेको छ । सो एसयूभी कुल ६ भेरिएन्टमा लन्च गरेको थियो ।
नयाँ म्याग्नाइटको डिजाइनमा कुनै ठुलो डिजाइन परिवर्तन गरेको छैन । यद्यपि यसमा सानो अपडेट भने गरेको छ । यसको ग्रिल र क्रोम वरिपरि पुन: डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ । यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ ।
यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि-फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ ।
यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ ।
यसमा १ लिटर एन/ए पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ । यसको १ लिटर एन/ए पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क जेनेरेट गर्छ । योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस र १६० एनएम टर्क जेनेरेट गर्छ ।
निसान म्याग्नाइटको मूल्य ५ लाख ९९ हजारदेखि ११ लाख ५० हजार भारुसम्म छ ।
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
जापनिज ब्राण्ड निसानले डोङफेङसँग मिलेर तयार पारेको विद्युतिय सेडान कार...
जापानी कार निर्माता कम्पनी निसानले दक्षिण अफ्रिकामा रहेको आफ्नो एसेम्बली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...