इन्जिन, फिचर र मूल्यको हिसाबले स्कोडा काइल्याक र टाटा नेक्सनमा कुन एसयूभी उत्कृष्ट
स्कोडाले हालै भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा एसयूभी स्कोडा...
स्कोडा अटोले विश्व बजारमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी एलरोक सार्वजनिक गरेको छ । एलरोक स्कोडाको नयाँ 'मोडर्न सोलिड' डिजाइनको पहिलो मोडल हो ।
स्कोडा एलरोक एक पटक फुल चार्जमा ५६० किलोमिटरभन्दा बढी चल्ने कम्पनीको दाबी छ । यो बाहेक सो इलेक्ट्रिक कारमा रियरभ्यु क्यामेरा, क्रु प्रोटेक्ट असिस्ट, साइड असिस्ट र स्मार्ट लिंक जस्ता फिचर समावेश छ ।
साथै सो एसयूभीमा एलईडी म्याट्रिक्स हेडलाइट, डोर मोल्डिङ, २१ इन्च अलोय ह्विल, सी आकारको रियर एलईडी लाइट, शार्क फिन एन्टिना, १३ इन्च इन्फोटेनमेन्ट सिस्टम, ड्युअल टोन इन्टिरियर, फोन चार्जिङको लागि फोन बक्स, इन्टेलीजेन्ट पार्क असिस्ट, ९ एयरब्याग, ट्राफिक जाम असिस्ट र ईबीडी जस्ता फिचर समावेश गरिएको छ ।
सो एसयूभीको लम्बाई ४४८८ एमएम, चौडाई १८८४ एमएम, उचाइ १६२५ एमएम, ह्विलबेस २७६५ एमएम र ग्राउन्ड क्लियरेन्स १८६ एमएम छ ।
एलरोक मिडसाइज एसयूभी सेगमेन्टमा पहिलो इलेक्ट्रिक कार हो, जुन फ्ल्यागशिप एन्याक आईभी र आगामी एपिक कम्प्याक्ट ईभी बिचमा राखिनेछ । सो कार युरोपिय बजारमा लन्च भइसकेको छ र अर्को वर्ष भारतीय बजारमा लन्च हुने अनुमान गरिएको छ ।
स्कोडाले हालै भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा एसयूभी स्कोडा...
स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...
स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...