घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि

काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालीहरुको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउँछ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’

देशभर बीवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको छ ।

शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बीवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ । बीवाईडीले लगातार रुपमा गरिरहेको नवप्रवर्तनलाई साइमेक्स इंक र यसका डिलरहरुले अझै राम्रो ग्राहक अनुभव प्रदान गरेर र विश्व स्तरीय सर्भिस तथा उत्पादन उपलब्ध गराएर नेपाली ग्राहकको आवश्यकता पुरा गर्नमा प्रतिबद्धताका साथ साथ दिएका छन् ।

सम्बन्धित समाचारहरू

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड इभोक मोटरसाइकलको प्रिमियम...

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी करिब २ वर्षदेखि निरन्तर परीक्षण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...