अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट

निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो एसयूभीको बुकिङ पनि सुरु गरिसकेको छ । सो एसयूभीको बुकिङ डिलरशिपमा अफलाइन र वेबसाइटमा अनलाइन गर्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार निसान म्याग्नाइटको फेसलिफ्ट संस्करणमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ, यद्यपि कम्पनीले यसको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

रिपोर्टका अनुसार यसको इन्जिनमा परिवर्तन हुने सम्भावना कम छ । यसको अगाडिको बम्पर, हेडलाइट, टेललाइट र ग्रिल परिवर्तन हुनेछ साथै पछाडिको बम्पर र अलोय ह्विलमा पनि परिवर्तन गरी यसलाई नयाँ रुप दिने सम्भावना छ । सो एसयूभीको इन्टेरियर पनि परिवर्तन हुनेछ ।

कम्पनीले सो एसयूभी लन्च गर्नुअघि सामाजिक सञ्जालमा यसको टिजर सार्वजनिक गरेको छ, जसमा यसको फिचरको बारेमा जानकारी दिइएको छ । यसको फेसलिफ्ट संस्करणमा २० भन्दा बढी फस्ट सेगमेन्ट फिचरका साथै ५५ भन्दा बढी सेफ्टी फिचर प्रदान गरिनेछ । 

नयाँ म्याग्नाइट निसानले इन्ट्री लेभल एसयूभी सेगमेन्टमा टाटा पञ्च, रेनो किगर, सिट्रोन बसाल्ट, टोयोटा टेसर, मारुती फ्रन्क्स, महिन्द्रा एक्सयूभी ३एक्सओ जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीले यसको फेसलिफ्ट संस्करण अक्टोबर ४ मा भारतीय बजारमा लन्च गर्नेछ । यसको मूल्य ६ लाख भारुदेखि सुरु हुनेछ तर फेसलिफ्ट भर्सनको मूल्य ४० देखि ५० हजार भारुसम्म बढाउन सकिनेछ । सो एसयूभीको डेलिभरी अक्टोबर ५ बाट सुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

भारतमा लन्च भयो निसान एक्स-ट्रेल एसयूभी, यस्तो छ विशेषता

निसानले भारतीय बजारमा फुल साइज एसयूभी सेगमेन्टमा नयाँ एसयूभी एक्स-ट्रेल...

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

निसान नेपाललद्वारा ‘न्यु इयर, न्यु बिगिनिङ्स, न्यु ड्राइभ’ योजना सार्वजनिक, रु. ९९९ मा निसान म्याग्नाइट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘नयाँ...

निसान म्याग्नाइट एसयूभीको स्मार्ट एडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा पाइने

निसान म्याग्नाइट एसयूभीको स्मार्ट एडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा पाइने

काठमाडौँ — नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...