विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इन्फिल्डले प्रत्येक वर्ष आयोजना गर्ने वान राइडमा बिश्वका ५० भन्दा बढी देश, ५०० भन्दा बढी सहर, १ हजार बढी राइड र ३० हजार भन्दा बढी राइडर सहभागी हुने गरेका छन् ।

वान राईड २०२४ कार्यक्रम नेपालमा असोज ६ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका बारेमा जनचेतना जगाउनु थियो । काठमाडौं सहित देशका १६ वटा मुख्य शहरमा आयोजना गरिएको कार्यक्रममा ४५० राइडर सहभगाी भएको कम्पनीले जनाएको छ ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा सहयोग गर्ने उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री र नगद ५० हजार सहयोग गरिएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रिन्सिपल, अल्फा अटोमोटिभका अधिकारी सहभागी भएका थिए ।

कार्यक्रममा काठमाडौंबाट रोयल इन्फिल्डका हिमालयन ४११, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मोटरसाइकलमा १५० भन्दा बढी राइडर सहभागी भएका थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकलाई एकै ठाउँमा ल्याउने र प्योर राइड गर्ने उद्देश्यले राइड अयोजना गरिएको हो । वान राइड विश्वमा अयोजना हुने सबैभन्दा ठूलो राइडमा गणना हुनेगर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...