परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इन्फिल्डले प्रत्येक वर्ष आयोजना गर्ने वान राइडमा बिश्वका ५० भन्दा बढी देश, ५०० भन्दा बढी सहर, १ हजार बढी राइड र ३० हजार भन्दा बढी राइडर सहभागी हुने गरेका छन् ।
वान राईड २०२४ कार्यक्रम नेपालमा असोज ६ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षाका बारेमा जनचेतना जगाउनु थियो । काठमाडौं सहित देशका १६ वटा मुख्य शहरमा आयोजना गरिएको कार्यक्रममा ४५० राइडर सहभगाी भएको कम्पनीले जनाएको छ ।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा सहयोग गर्ने उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री र नगद ५० हजार सहयोग गरिएको थियो । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रिन्सिपल, अल्फा अटोमोटिभका अधिकारी सहभागी भएका थिए ।
कार्यक्रममा काठमाडौंबाट रोयल इन्फिल्डका हिमालयन ४११, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मोटरसाइकलमा १५० भन्दा बढी राइडर सहभागी भएका थिए ।
वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकलाई एकै ठाउँमा ल्याउने र प्योर राइड गर्ने उद्देश्यले राइड अयोजना गरिएको हो । वान राइड विश्वमा अयोजना हुने सबैभन्दा ठूलो राइडमा गणना हुनेगर्छ ।
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...
भारतमा बनेका रोयल इन्फिल्ड बाइकहरू पाकिस्तानमा गोप्य रूपमा विक्री...
रोयल इन्फिल्डले नयाँ बाइक रोयल इन्फिल्ड गोन क्लासिक ३५० सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...