आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीले हस्ताक्षर गरेका छन्।

साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासँगै सुलभ र प्रभावकारी फाइनान्सिङ सुविधा उपलब्ध हुने लगायतका विषय सम्झौतामा उल्लेख छन्।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

रिलायन्स फाइनान्स का प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताए।

सम्बन्धित समाचारहरू

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी...

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

अटो शोमा लन्च गरिने केईका तीन ईभीको नाम बताउनेलाई उपहारमा मिक्सर ग्राइन्डर

काठमाडौं– केईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले अटो...

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

नाडामा १२७ बीएडब्लु ब्रम्बी ईभी बुकिङ

आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा १२९ युनिट बीएडब्लु ब्रम्बी ईभी बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...