यसरी छान्नुस् आफ्रनो हाइट अनुसार बाइक

धेरैले बाइकको डिजाइन, मोडल वा इन्जिन पावर देखेर बाइक खरिद गर्छन् तर पछि बाइक चलाउन कठिनाइ हुँदा पछुताउँछन् । आफ्नो उचाइ अनुसार सही बाइक नपाउँदा टाउको दुखाइ बन्न सक्छ । बाइकलाई कत्तिको राम्रोसँग नियन्त्रण गर्न सकिन्छ त्यो चालकको हाइटमा निर्भर गर्छ । यस्तो अवस्थामा आफ्नो हाइट अनुसार कति तौलको बाइक किन्नु पर्छ भन्ने जानकारी हुनु आवश्यक छ ।

बाइक चालकको हाइट ५ फिटदेखि ५.५ फिटको बीचमा छ भने ११०-१४० किलोग्रामसम्मको हल्का र सानो इन्जिन बाइक उत्तम हुन्छ । यो रेन्जको बाइक हल्का हुनुका साथै ट्राफिकमा ह्यान्डल गर्न पनि सजिलो हुन्छ । यति हाइट भएका बाइक चालकले १०० सीसीदेखि १५० सीसी रेन्जको बाइक सजिलै ह्यान्डल गर्न सकिन्छ । यसको लागि हिरो स्प्लेन्डर, ग्लामर, होन्डा शाइन, टीभीएस अपाचे १६० र बजाज पल्सर१५० जस्ता बाइक राम्रो विकल्प हुन सक्छ ।

५.६ देखि ५.१० फिटसम्मको हाइट भएका चालकहरुलाई १३० देखि १६० किलोग्राम तौलको बाइक चलाउन सजिलो हुन्छ । उनीहरुको लागि १५० सीसी देखि २०० सीसी इन्जिन भएका बाइक यामाहा एफजेड, बजाज पल्सर एनएस२००, पल्सर आरएस २००, होन्डा होर्नेट २.० र हिरो एक्सट्रीम १६०आर जस्ता बाइक राम्रो विकल्प हुन सक्छ ।

यदि बाइक चालकको हाइट ५.१ फिट भन्दा बढी छ भने १५० देखि २०० किलोग्राम बीचको बाइक राम्रो हुन्छ । उनीहरुका लागि २०० सीसी देखि ४०० सीसीसम्मको भारी र ठुला बाइक चलाउन सकिन्छ । यसको लागि रोयल इन्फिल्ड क्लासिक ३५०, केटीएम ड्युक ३९०, बजाज डोमिनार ४९९ जस्ता शक्तिशाली र ठुला इन्जिन बाइक खरिद गर्नुपर्छ ।

यदि चालकको हाइट कम छ भने भारी बाइक चलाउँदा सन्तुलन गर्न गाह्रो हुन सक्छ । बाइकको तौल र उचाइले पनि चालकलाइ असर गर्छ । आफ्नो हाइट अनुसार सही तौलका बाइकमा सजिलै भुइँमा खुट्टा राख्न सकिन्छ । यदि चालकको हाइट बढी छ र बाइक हल्का छ भने लामो यात्रामा अस्थिर हुन सक्छ । आफ्नो हाइट अनुसार सही तौलको बाइक छनोट गर्नाले चालकलाई राम्रो सन्तुलन, आराम र ड्राइभिङ अनुभव दिन्छ ।

सम्बन्धित समाचारहरू

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...

काठमाडौं देखि नुवाकोट सम्म सीएफमोटो राइड सम्पन्न

काठमाडौं देखि नुवाकोट सम्म सीएफमोटो राइड सम्पन्न

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...