९० प्रतिशतलाई छैन जानकारी, बाइकको गियर परिवर्तन गर्दा क्लचलाई आधा थिच्नुपर्छ कि पूरा ?

बाइक चलाउँदा गियर परिवर्तन गर्ने प्रक्रिया एक महत्त्वपूर्ण भाग हो, जसले प्रत्यक्ष रूपमा सवारी साधनलाई असर गरेको हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ कि गियर परिवर्तन गर्दा क्लच आधा थिच्नु पर्छ कि पूरा ?

क्लचको मुख्य काम इन्जिनबाट गियरबक्सलाई अलग गर्नु हो ताकि गियर परिवर्तन गर्दा इन्जिनको गतिमा अवरोध नहोस् । क्लचलाई दबाउदा गियरमा इन्जिनको जडान काटिन्छ, जसले कुनै समस्या बिना गियर परिवर्तन गर्न सकिन्छ ।

गियर परिवर्तन गर्दा क्लचलाई पूर्ण रूपमा दबाउनु सबैभन्दा सुरक्षित तरिका हो ।  यसले गियरबक्स र इन्जिन बीचको कनेक्सन पूर्ण रूपमा काट्छ, जसले गियर परिवर्तन गर्ने प्रक्रियालाई सहज बनाउँछ । क्लच आधा मात्र दबाएर गियर परिवर्तन गर्दा गियरबक्स र इन्जिन बीचको कनेक्शन पूर्ण रूपमा टुटेको हुँदैन, जसले गियर सिफ्टिङमा रुकावट र गियरबक्स वा इन्जिनलाई क्षति पुर्‍याउन सक्छ । क्लचलाई पुरा थिचेर गियर परिवर्तन गर्दा क्लच प्लेटमा कम दबाब पर्छ र लामो समयसम्म टिक्छ ।

शहरको ट्राफिकमा सवारी साधनलाई छिटो नियन्त्रण गर्नका लागि क्लच आधा मात्र थिच्ने गरेको पाइन्छ । यसले क्लच प्लेटमा थप दबाब पर्छ, जसले गर्दा क्लच प्लेट चाँडै बिग्रने हुन्छ । साथै आधा-क्लच थिचेर गियर परिवर्तन गर्दा इन्जिन र गियरबक्स बीचको तालमेललाई रोक्छ र यसको परफर्मेन्सलाई असर गर्छ । बाइकको गियर परिवर्तन गर्दा, सधैं पुरा क्लच थिच्नु पर्छ । यसले बाइकको आयु बढाउनुका साथै ड्राइभिङ अनुभवमा पनि सुधार ल्याउछ ।

सम्बन्धित समाचारहरू

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

अफरोड प्रेमीका लागि शक्तिशाली मोटोक्रस बाइक डुकाटी डेस्मो४५० एमएक्स लन्च

डुकाटीले आफ्नो पहिलो मोटोक्रस मोटरसाइकल डुकाटी डेस्मो४५० एमएक्स भारतीय...

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं – नेपाली बजारमा जोनसेनका मोटरसाइकल उपलब्ध हुने भएका छन् ।...

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...