ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध रुपमा नेपाल प्रवेश गराई नक्कली नम्बर तथा कागजात तयार गरी बिक्री वितरण गर्ने वा प्रयोग गर्ने गरेको पाइन्छ । गत आर्थिक बर्षमा चोरीका यस्ता १४ वटा सवारी साधनहरुलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको बिभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको छ ।
यसरी चोरी गरी अनधिकृत रुपमा नेपाल भित्र्याई सञ्चालन गरिएका सवारी साधनबाट अपराधिक क्रियाकलाप बढ्न सक्ने हुँदा तपाई हामी पनि समयमै सजग र सचेत हुनु आबश्यक छ । सस्तोमा सवारी साधन पाइयो भनेर बिचार नगरी सवारी साधन खरिद गर्दा तपाई हामी अनाबश्यक कानुनी झमेला तथा समस्यामा पर्न सक्छौ ।
त्यसैले सवारी साधनको चोरी, चोरी हुन सक्ने अवस्था र अपनाउनु पर्ने सावधानीका बारेमा केही चर्चा गरौं ।
चोरीको गाडी हुन सक्ने अवस्था
की होल (डिकीको कि, ढोकाको दायाँ बाँयाको) बिग्रिएको ।
च्यासिस तथा इन्जिनको नम्बर टेम्परिङ भएको ।
च्यासिसको नम्बर भएको भाग काटी पेष्ट भएको ।
नक्कली साँचो भएको ।
वास्तविक नम्बरमा सोही मोडल र रंग भएको अन्य गाडी प्रयोग भएको ।
नक्कली नम्बर राखी चलाएको वा मोडल अनुसारको नम्बर प्लेट नभएको ।
अस्वाभाविक तथा लापर्वाह रुपमा प्रयोग गर्ने गरेको ।
यदि तपाई चारपांग्रे सवारी साधन किन्दै हुनुहुन्छ भने माथि उल्लेखित अवस्थाको सवारी साधन हो कि ? त्यसतर्फ ध्यान दिनुपर्छ । यदि यस प्रकारको अवस्था रहेमा त्यो चोरीको सवारी साधन हुन सक्छ ।
यदि तपाई कुटनैतिक नियोगका, कुनै विशेष आयोजनाको सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने त्यस्ता कुटनैतिक सुविधामा आएका सवारी साधनहरुलाई उक्त नियोगले आफ्नै नियोगको कोड अनुसारको नम्बर दिने प्रचलन भएकोमा त्यसरी नम्बर दिए पश्चात सो को अभिलेख अद्यावधिक गराउन लगाउनु पर्दछ । विभिन्न आयोजना वा निर्माण प्रयोजनको सुविधामा आएका सवारी साधन तथा हेभी इक्विपमेन्ट योजना समाप्ति पश्चात फिर्ता भए नभएको समेत यकिन गरिनु पर्दछ । सवारी साधन खरिद गर्दा यी कुराहरुलाई ध्यान दिन सक्ने हो भने यस्ता कुराबाट बच्न सकिन्छ ।
त्यसैगरी सवारी साधन खरीद बिक्री र पार्किङ गर्दा सवारी साधनमा सेन्ट्रल लक गर्ने, अलार्म लगायतका सुरक्षा उपकरण जडान गर्ने, घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्ने, एकै छिन त हो भनि सेन्ट्रल लक लगाउन अल्छी गर्ने, रिकन्डिसन वा ब्यक्तिबाट सवारी साधन खरिद गर्दा सवारी दर्ता किताब (ब्लुबुक) को विवरण, सवारी साधनको विवरण र यातायात व्यवस्था कार्यालयको अभिलेख भिडाएर मात्र खरिद गर्ने हो भने आफ्नो सवारी साधनको चोरी हुनबाट तथा सवारी साधनको खरिद गर्दा चोरीका सवारी साधन पर्नबाट बच्न/बचाउन सकिन्छ ।
तसर्थ यी अवस्था र प्रवृत्ति प्रति समयमै तपाई हाम्रो ध्यान र चासो जानु जरुरी देखिन्छ । अनधिकृत चोरीका सवारी साधनबाट समाजमा आपराधिक गतिविधि हुन सक्ने भएकोले यी कुराहरु प्रति समयमै सजगता र सचेतना अपनाऔं ।
प्रहरी बरिष्ठ नायव निरीक्षक बिष्णु थापा
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल...
काठमाडौं – देशभरका विभिन्न स्थानमा भएका आन्दोलनको क्रममा अटोमोबाइल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...