२०२४ हुन्डाई अल्काजार लन्च, यस्तो छ विशेषता

हुन्डाई इन्डियाले २०२४ हुन्डाई अल्काजार भारतमा लन्च गरेको छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । यसलाई २ इन्जिन विकल्पमा लन्च गरिएको छ । साथै यसमा ७० भन्दा बढी कनेक्टेड फिचर समावेश छ । नयाँ अल्काजार ४ भेरिएन्ट एक्जिक्युटिभ, प्रेस्टिज, प्लेटिनम र सिग्नेचरमा लन्च गरिएको छ ।

नयाँ हुन्डाई अल्काजारमा १.५ लिटर टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पसहित लन्च गरिएको छ । यसको १.५ लिटर टर्बो-पेट्रोल इन्जिनले १६० पीएस पावर र २५३ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ एमटी वा ७ डीसीटी गियरबक्ससँग जोडिएको छ। साथै, यसको १.५ लिटर डिजेल इन्जिनले ११६ पीएस पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ। सो इन्जिन ६ एमटी वा ६ एटी गियरबक्समा मिलाइएको छ ।

कारमा ड्युअल स्क्रिन सेटअप छ, जसमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्च डिजिटल ड्राइभर डिस्प्ले समावेश छ । यसमा ड्युअल जोन क्लाइमेट कन्ट्रोल, एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस फोन चार्जर, पानोरामिक सनरुफ र क्रुज कन्ट्रोल जस्ता फिचर समावेश छ । कारको अगाडि सिटको लागि ८ वे पावर एडजस्टेबल पनि प्रदान गरिएको छ । अल्काजारमा इलेक्ट्रिक बोस मोड दिइएको छ ।

नयाँ अल्काजारमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, अल-ह्विल डिस्क ब्रेक, अटो होल्डमा इलेक्ट्रोनिक पार्किङ ब्रेक र ब्लाइन्ड भ्यू मोनिटरसहितको ३६० डिग्री क्यामेरा पनि उपलब्ध छ । यसमा लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस आपतकालीन ब्रेकिङ जस्ता लेभल-२ एडास जस्ता फिचर पनि उपलब्ध छ । नयाँ अल्काजारमा ७० भन्दा बढी ब्लुलिक कनेक्टेड फिचर प्रदान गरिएको छ । यसमा स्मार्टवाच र स्मार्ट फोन कनेक्टिभिटी पनि दिइएको छ ।

नयाँ अल्काजारको अगाडि कम्पनीको लोगोसँग जोडिएको एलईडी डीआरएल सेटअप दिइएको छ। यसको तल, ठुलो ग्रिल प्रदान गरिएको छ, जसको दुबै छेउमा बक्सी एलईडी हेडलाइट समावेश छ । कारको बम्परमा सिल्भर स्किड प्लेट दिइएको छ । यसमा १८ इन्चको अलोय ह्विल समावेश छ ।

नयाँ अल्काजारमा कन्ट्रोल प्यानलसहित ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल दिइएको छ । यसमा इन-बिल्ट नेभिगेसनसहितको इन्फोटेनमेन्ट सिस्टम ल्याइएको छ । यसमा स्लिक एसी भेन्ट र क्रोम इन्सर्टको साथ ग्लोस ब्ल्याक स्ट्रिप छ। साथै सेन्टर कन्सोल, डोर र स्टेयरिङ ह्विलमा ग्लोस ब्ल्याक र क्रोम एलिमेन्ट प्रदान गरिएको छ । नयाँ अल्काजार ६ र ७ सीटर विकल्पमा प्रस्ताव गरिएको छ । कारमा कप्तान सिटको साथै पहिलो पङ्क्तिमा एडजस्टेबल अन्डरथाई सपोर्ट र दोस्रो पङ्क्तिमा भेन्टिलेसन प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

२०२४ मा भारतमा व्यापक रूपमा एसयूभी बिक्री भएको थियो । साथै ७ सिटर...

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

हुन्डाईले क्रेटाको फेसलिफ्ट इन्डोनेसियाली कार बजारमा सार्वजनिक गर्ने...

वार्षिक ४ सय युनिट बिक्री हुने हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस

वार्षिक ४ सय युनिट बिक्री हुने हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस

नेपाली बजारमा धेरै बिक्री हुने एस्काभेटर मध्ये हुन्डाईको एस्काभेटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...