काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

काठमाडौं युनिभर्सिटी (केयु) का चान्सलर डा. भोला थापा र बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले एक कार्यक्रमका बिच सो चार्जिङ स्टेसनको उद्घाटन गरे ।

इलेक्ट्रिक सवारी र नवीकरणीय उर्जा समाधानको ग्लोबल लिडर रहेको बीवाईडी तथा हरित प्रविधिप्रति प्रतिबद्ध र वातावरणीय सचेत अभ्यासहरुलाई बढावा दिइरहेको केयु बिचको सहकार्यलाई यसले एक कदम अगाडि बढाएको छ ।

सो अवसरमा लिउ स्वेलियाङले इलेक्ट्रिक मोबिलिटीको महत्व तथा अटोमोटिभ उद्योगमा क्रान्ति ल्याउनका लागि बीवाईडीले गरिरहेको कार्य वारेमा गेस्ट लेक्चर प्रदान गरे । उनले केयु र बीवाईडी जस्तै शैक्षिक संस्था र औद्योगिक नेतृत्वको सहकार्यमा जोड दिदै यसबाट क्लिन इनर्जी टेक्नोलोजीको क्षेत्रमा थप अनुसन्धान र नवप्रवर्तन गर्न सहयोग पुग्ने बताए ।

यसबाट विद्यार्थी र सम्बन्धित संकायले विश्वमै बढिरहेको इलेक्ट्रिक सवारीको मागको वारेमा जानकारी लिनुका साथै दिगो विकासका लागि युनिभर्सिटीले खेल्न सक्ने महत्वपूर्ण भूमिका वारेमा जानकारी प्राप्त गरे ।

केयु र बीवाईडी बिचको यो सहकार्यबाट विद्यार्थीहरुका लागि विशेष गरी इन्टर्नसिप र जव प्लेसमेन्टका लागि रोमाञ्चक अवसरको ढोका खुलेको बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले जनाएको छ । युवा प्रतिभाहरुको विकास गर्ने बीवाईडीको प्रतिबद्धताले तीव्र रुपमा बढिरहेको इलेक्ट्रिक सवारी उद्योगको प्रत्यक्ष अनुभव गर्न केयुका विद्यार्थीहरुलाई सहयोग पुग्ने र यसबाट अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन र भविष्यमा क्लिन इनर्जीको क्षेत्रमा करियर निर्माण गर्न तयार गर्नेछ ।

यो सहकार्यले शैक्षिक र औद्योगिक सम्बन्ध बढाउनमा मात्र नभई दिगो विकासप्रति नेपालको दृष्टिकोणमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

बास मोडलले ल्यायो विद्युतीय सवारीमा क्रान्ति, ब्याट्री भाडामा लिन पाउने सुविधा

बास मोडलले ल्यायो विद्युतीय सवारीमा क्रान्ति, ब्याट्री भाडामा लिन पाउने सुविधा

भारतको विद्युतीय सवारी साधन बजारमा बास अर्थात् ब्याट्री एज-ए-सर्भिस मोडल...

भारतमा एकैदिन २०० यूनिट वीवाइडी सील डेलिभरी

भारतमा एकैदिन २०० यूनिट वीवाइडी सील डेलिभरी

भारतमा बीवाईडीले एकैदिन २०० यूनिट सील ग्राहकलाई हस्तान्तरण गरेको छ ।...

एक्सपेङ जी६ लाई यूरो एनक्यापको ५ स्टार रेटिङ

एक्सपेङ जी६ लाई यूरो एनक्यापको ५ स्टार रेटिङ

चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...