एलईडी हेडलाइट र ड्युअल च्यानल एबीएसले सुसज्जित अपडेट नयाँ क्लासिक ३५० आकर्षक लुकमा लन्च

रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो क्लासिक ३५० बाइकमा ठुलो अपडेट दिएको छ । कम्पनीले आधिकारिक रूपमा नयाँ क्लासिक ३५० बाइक भारतीय बजारमा बिक्रीको लागि ल्याएको छ । नयाँ क्लासिक ३५० को प्रारम्भिक मूल्य १ लाख ९९ हजार ५०० तोकिएको छ । बाइकमा पहिले जस्तै ३५० सीसी इन्जिन जडान गरिएको छ ।

नयाँ क्लासिक ३५० हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल, डार्क र इमराल्ड गरी ५ भेरिएन्टमा प्रस्तुत गरिएको छ । सो बाइक कुल ७ रङमा उपलब्ध छ । हेरिटेज भेरिएन्ट २ रङमा, हेरिटेज प्रिमियम भेरिएन्ट १ रङमा, सिग्नल भेरिएन्ट १ रङमा, डार्क भेरिएन्ट २ रङमा र टप स्पेक मोडेल इमराल्ड भेरिएन्ट २ रङमा उपलब्ध हुने भएको छ ।

रोयल इन्फिल्डको नयाँ क्लासिक ३५० को डिजाइन र लुक धेरै हदसम्म पहिलेको जस्तै छ  कम्पनीले बाइकको रेट्रो लुक कायम राखेको छ । तर, समयको मागलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना फिचर अपडेट गरेको छ । अब बाइकमा पुरानो ह्यालोजन बल्बको सट्टा नयाँ एलईडी हेडलाइट दिइएको छ । यसका साथै टर्न इन्डिकेटर पनि एलईडीमा छ । बाइकको एलईडीमा टेल लाइट र पाइलट लाइट पनि समावेश छ ।

सो बाइकमा स्मार्टफोन चार्ज गर्न यूएसबी सी-टाइपको चार्जिङ पोर्ट र गियर पोजिसन इन्डिकेटर पनि उपलब्ध गराइएको छ । कम्पनीले बाइकको ड्रम भेरिएन्ट बन्द गरेको छ । अब बाइकमा सिंगल च्यानल एबीएससँगै ड्युअल च्यानल एबीएसको विकल्प पनि उपलब्ध छ ।

रोयल इन्फिल्डले सो बाइकको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । बाइकमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर ‘जे’ सिरिज इन्जिन रहेको छ । सो इन्जिनले २०.२ एचपी पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

अपडेट भएर आउँदै हन्टर ३५०

अपडेट भएर आउँदै हन्टर ३५०

रोयल इनफिल्डको सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० अपडेट भएर आउने भएको छ ।...

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...