बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
नेपाली बजारमा धेरै मोडलका बाइक बिक्रीका लागि उपलब्ध छन् । मूल्य र फिचरका आधारमा यी बाइक रुचाउने ग्राहक युवा वा अन्य वर्गका हुन सक्छन् । सामान्यतः कम सीसीका मोटरसाइकल धेरैले रुचाएको पाइन्छ भने अलि बढी सीसीका मोटरसाइकल वास्तवमा युवा पुस्ताको रोजाइमा पर्ने गरेको पाइन्छ ।
यी मध्ये कतिपय फरक कम्पनीका फरक मोडलका बाइकको मूल्य भने एउटै भएको पाइन्छ । मूल्य एउटै भए पनि फिचर भने धेरै फरक हुन पनि सक्छ । यद्यपि कुन फिचर मन पराउने भन्ने कुरा राइडरको रोजाइमा भर पर्छ ।
नेपालका सडकमा पनि नयाँ मोडलका दुई पांग्रे सवारीको उपस्थिति बाक्लो हुँदै गएको छ । तर, नेपाल आइपुगेका केही ब्रान्डका मोटर साइकल यस्ता छन् । जसको मूल्यमा धेरै भिन्न पाइँदैन ।
उक्त बाइकमा समावेश गरिएका फिचर, डिजाइनमा भने फरक महसुस गर्न सकिन्छ । सुजुकीको भी–स्ट्रोम एसएक्स र बजाजको डोमिनार ४०० एबीएस बीएस६ मोडलकाको बाइकको मूल्यमा थोरै रकम मात्र भिन्न छ । करिव ८६ हजार रुपैयाँको मात्र अन्तर भएको र प्रतिस्पर्धी यी दुई ब्रान्डका बाइक ग्राहकको रुचाइमा पनि उत्तिकै पर्दैछन् ।
यी बाइक नेपाल आएको धेरै समयको भएको छैन । डोमिनार पहिले देखि नै नेपाली बजारमा उपलब्ध छ भने भी–स्ट्रोम हालै मात्र नेपाल भित्रिएको छ । तर, नेपाली सडक र भूगोलमा सुहाउँदा यी बाइक अफरोडको लागि झनै उपयुक्त छन् । घुम्न चाहने र लामो यात्रामा निस्किनेको लागि यी बाइक अनुकूल हुने बताइन्छ । दुई ब्रान्डका यी बाइक नेपाल भित्रिएका सबैभन्दा महँगा बाइक मध्येका पनि एक हुन् ।
यदि तपाईं पनि सो मोडलका बाइक किन्ने सोच बनाउनु भएको छ भने यी बाइकमा के छन् त अन्तर ? हेरौं
सुजुकी भी–स्ट्रोम एसएक्स २५०
नेपालमा सुजुकीका विभिन्न मोडलका बाइक तथा स्कुटर उपलब्ध छन् । जसमध्येको एक मोडल हो भी–स्ट्रोम एसएक्स । नेपालमा केही समय अघि मात्र सार्वजनिक भएको यो बाइक नेपाल आएका सुजुकीको बाइक मध्येको सबैभन्दा महँगो सवारी पनि हो । नेपालका लागि सुजुकीका बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले उक्त मोडलको बाइकको सुरुवाती मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ राखेको छ ।
२५० सीसीको यो बाइकमा आधुनिक फिचर समावेश साथै उच्च ग्राउन्ड क्लियरेन्स हुँदा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । सुजुकीको प्रिमियम एडभेन्चर बाइक भि–स्ट्रोम २५० मा ६ स्पिडको गियरबक्स सिस्टम उपलब्ध छ । सो बाइकमा २५४ सीसी क्षमताको फोर स्ट्रोक सिंगल सिलिन्डर एफआई आयलकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पीएस र टर्क २२.२ एनएम रहेको छ ।
यस बाइकको ग्राउन्ड क्लियरेन्स भने २०५ एमएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकारको एलईडी हेडलाइट जडान गरेको छ, जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्दत गरेको छ । साथै पछाडि उच्च पावरयुक्त एलईडी टेललाइट दिइएको छ ।
डोमिनार ४०० एबीएस बीएस६
बजाजको विभिन्न मोडलका दुई पांग्रे सवारी मध्येको एक हो, डोमिनार ४०० एबीएस बीएस६ । पावरफुल मोटरसाइकलको रूपमा चिनिने डोमिनार ४०० आकर्षक डिजाइन र यसमा समावेश भएका फिचरका कारण धेरैको रोजाइमा यो बाइक पर्ने गर्छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको बजाजका बाइकको नेपाली सडकमा पनि बाक्लो उपस्थिति छ ।
१३ लिटर इन्धन ट्याङ्की भएको यस बाइकको अधिकतम टर्क ३५ एनएम रहेको छ । कम्पनीका अनुसार डोमिनार ४०० नेपाली सडकका लागि उपयुक्त बाइक मध्येको एक हो । यस बाइकको मूल्य कम्पनीले ६ लाख १३ हजार ९०० रुपैयाँ तोकेको छ । यसअघि यो बाइक बजारमा ६ लाख ९ हजार ९ सय रुपैयाँमा उपलब्ध थियो । तर, कम्पनीले ४ हजार रुपैयाँ मूल्य थपेर उक्त मूल्य कायम गरेको हो ।
१८४.५ केजीएस कार्बन वेट रहेको डोमिनार ४०० को इन्जिन क्षमता ३७३.३३ सीसी रहेको छ । प्रति घण्टा १५५ किलोमिटरको दुरी पार गर्न सक्ने यो बाइकको इन्जिन आउटपुट ४० पीएस रहेको छ । यसमा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।
दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । युवाको रोजाइ र खोजाइमा पर्ने यो बाइकमा ६ स्पिडको गियरबक्स उपलब्ध रहेको छ ।
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
भारतमा एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) सुरु हुने भएको छ । भारतका...
बजाज अटोले पल्सर १२५ को नयाँ संस्करण लन्च गरेको छ । अपडेट गरेर ल्याइएको सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...