भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि भरतपुर महानगरपालिका र वागमती अटोमोबाइल्स एसोसिएसन बिचमा एक समझदारी सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा भरतपुर महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेल र एसोसिएसनका अध्यक्ष राजन पियाले हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र एसोसिएसनका अध्यक्ष राजन पियाले सो सम्बन्धी समझदारी पत्र आदानप्रदान गरे ।

समझदारी अनुसार भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि सार्वजनिक यातायातको अध्ययन गरी सुझाव प्रतिवेदन सहितको प्रारम्भिक डाटावेस एसोसिएसनले तयार गर्ने र यस प्रयोजनको सहजीकरणका लागि महानगरपालिकाले महानगरको यातायात शाखा हेर्ने एक जना अधिकृतस्तरको कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्ने र दोश्रो पक्षले महानगरसित सोही व्यक्तिमार्फत समन्वय गर्नेछ ।

महानगरपालिका भित्रका यातायत क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरू, सवारी चालक, सहचालक, यातायात व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारावालाहरूलाई दिगो सार्वजनिक यातायात सम्बन्धी अभिमुखिकरण तथा तालिम प्रदान गरिने छ ।

महानगरपालिकाले तोकेको कुनै वसविसौनी वरपर एसोसिएसनले सडक सुरक्षाका चिन्हहरू (जेब्रा क्रसिङ्ग, ट्राफिक चिन्ह जडान आदि) व्यवस्थापन गर्ने र यस कार्यका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन, अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन आदि राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गर्न सकिने छ भने व्यवस्थापनमा नासा फाउण्डेसनसँग सहकार्य गरिने छ ।

महानगरभित्र भित्र कार्यरत ट्राफिक प्रहरीहरूलाई ट्राफिक ज्याकेट र स्पिड गन आदि उपलब्ध गराउनुका साथै अन्य कार्य समेत गरिने छ ।

सम्बन्धित समाचारहरू

राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ । ए...

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

गाडी गुडाउने कि जहाज उडाउने ?

गाडी गुडाउने कि जहाज उडाउने ?

आजकाल निकै समाचार सुनिन्छ । गोर्खामा जहाज । इलाममा जहाज । बलेवामा जहाज आदि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...