विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल

काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

गत भाद्र १२ गते सम्पन्न सो भेटका क्रममा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का सहसभापति यसपाल साँच्चरको नेतृत्वमा काठमाडौमा आइपुगेको २५ सदस्सिय प्रतिनिधि मण्डल समेत संलग्न थियो ।

सो अवसरमा नेपाल र भारत बिच नेपालमा अटोमोबाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको थियो ।

नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको थियो ।

सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला ओरिजिन इक्विपमेन्ट म्यानुफेक्चरर्स (ओईएम्स) को उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपांग्रे सवारी साधन) को सहभागिता रहेको थियो ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृंखला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमति पनि गरेको थियो ।

उक्त छलफलमा सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता इत्यादिलाई सरकारको दुरदृष्टि अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ ।

नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साउथ एसियन अटोमोटिभ फोरम (साफ) लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

नाडाले यस्तो भेटघाटबाट नेपाल भारतबिचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविष्यमै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाको तर्फबाट उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंघानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एसोसिएसन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

पोखरामा हुने नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

पोखरामा हुने नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

पोखरा – आगामी चैत ११ देखि १५ सम्म पोखरामा हुने वाडा अटो शो २०२६ को लागि स्टल...

दुर्घटनाका घाइतेको उद्दार कार्यमा खटिने सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने

दुर्घटनाका घाइतेको उद्दार कार्यमा खटिने सर्वसाधारणलाई ट्राफिक प्रहरीले विशेष सम्मान गर्ने

काठमाडौं – सडक दुर्घटनामा घाइते भएका सवारी धनी वा अन्य सर्वसाधारणलाई...

नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

काठमाडौं – नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले आफ्नो ४९औँ वार्षिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...