करण चौधरीद्वारा नाडा अध्यक्ष पदको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा
काठमाडौं – सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण...
काठमाडौं – सरकारी र निजी क्षेत्रको सहकार्यमा विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउन सरोकारवालाले जोड दिएका छन् ।
अटो पत्रकार संघ (जाम) र नाडाको सहकार्यमा आयोजना गरिएको ग्रीन मोबिलिटी एण्ड इकोनोमी सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा पछिल्लो समय विद्युतीय सवारीको आयात बढ्दै गएको र यसलाई चाहिने आवश्यक पूर्वधार बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सरोकारवालाले जोड दिएका हुन् ।
यातायात विज्ञ आशिष गजुरेलले विद्युतीय सवारी किन्नको लागि लामो प्रक्रिया पूरा गर्ने अवस्था रहेको बताउँदै यसमा सहजता बनाउन आवश्यक रहेको बताए । उनले सरकारले निजी सवारी साधन तर्फ भन्दा पनि सार्वजनिक यातायात क्षेत्रमा जोड दिने विषयमा वहस गर्न आग्रह गरे । उनले भने, “सरकारले विद्युतीय सार्वजनिक यातायातमा कसरी जोड दिन सकिन्छ भन्नेमा जोड दिनुपर्छ । त्यो गर्दा आम मानिसलाई आफ्नो गन्तव्यमा सहज रुपमा पुग्न सजिल्लो हुने थियो । ’’
उनले पछिल्लो समय विद्युतीय सवारी साधनको बढ्दो आयातले पेट्रोलियम पदार्थको समेत आयात घट्दै गएको बताए । उनले अघिल्ला वर्षहरुमा ३ खर्बको पेट्रोलियम पदार्थ आयात हुने गरेकोमा अघिल्लो आर्थिक वर्षमा केही मात्रामा घटेको बताउँदै नेपालका लागि विद्युतीय सवारी साधन उपयुक्त भएको बताए । उनले भने, “पेट्रोलियम पदार्थको आयात घट्नु अन्य धेरै कारण पनि छन् तर विद्युतीय सवारी पनि एक प्रमुख कारण हो । जुन राम्रो पक्ष हो । नेपाल उर्जा क्षेत्रमा धेरै सम्भावना बोकेको पनि राज्य रहेकाले यो राम्रो हो ।’’
नेपाल विद्युत प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवालीले सात वर्षपहिला विद्युत प्राधिकरणमा चार्जिङ स्टेशन कसरी बनाउने भन्नेमा कुनै ज्ञान नभएको र अहिले विद्युत प्राधिकरणले आम नागरिकको माग अनुसार पर्याप्त मात्रा पुर्याउन सकेको बताए ।
उनले पछिल्लो समय प्राधिकरणले देशभर ६१ वटा चार्जिङ स्टेशन निर्माण गरेको र नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सफल भएको दाबी गरे । उनले अहिले होटलमा चार्जिङ स्टेशनहरु राखेर आम नागरिकलाई सहज बनाएपनि चार्जरबारे आम उपभोक्तालाई पर्याप्त ज्ञान नभएको बताए ।
ज्ञवालीले अघिल्लो दशैंमा उपभोक्ताले केही समस्या भोग्नु परेको बताउँदै अहिलेको दशैं अघि विभिन्न काम गरेर धेरै चार्जरहरु अनलाइन प्रणालीमा ल्याउने बताए ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले निजी क्षेत्रले गाडी ल्याएर बेच्ने मात्र नभएर पूर्वधार क्षेत्रमा पनि उत्तिकै कामहरु गर्दै आएको बताए । उनले पछिल्लो समय विद्युतीय सवारीको आयात बढ््दै गएकाले प्रतिस्पर्धा गर्नको लागि विभिन्न पूर्वधार क्षेत्रमा काम गरेको बताए । उनले भने, “बजार प्रतिस्पर्धी बन्दै गएको छ । जसले राम्रो सर्भिस दिन्छ उसैको बढी बिक्छ र जसले दिन सक्दैन् उसको बिक्दैन् ।’’ उनले हरेक कम्पनीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आवश्यक रहेको र कम्पनीले आफ्ना कर्मचारीलाई तालिम दिएर उपभोक्ताका लागि जुन समयमा पनि सेवा दिन तयार हुनु पर्नेमा जोड दिए । उनले हरेक वर्ष ५ वटासम्म नयाँ ब्रान्ड आउने गरेको र त्यस्ता कम्पनीले आफूलाई स्थापित गराउनको लागि सेवासुविधा दिनुपर्ने बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखाका सीडीई सुरेश श्रेष्ठले प्रविधि समय अनुसार परिवर्तन हुदैँ जाने बताउँदै पछिल्लो सयम विद्युतीय सवारी साधनहरुको आयात बढ्नु सकारात्मक रहेको बताए । उनले समय अुनसार आएका प्रविधिहरुलाई अपनत्व गरेर व्यवस्थित बनाउनको लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले पछिल्लो समय विद्युतीय सवारी आयात हुँदा कुनैपनि जाँच नहुने विषयमा बोल्दै पेट्रोलियम सवारी साधनको पनि टेष्ट गर्ने कुनै पनि ल्याब नभएको र विद्युतीयको पनि त्यही अवस्था रहेको बताए ।
उनले भने, “बजारमा मोटरको पावर नै कम गरेर ल्यायो भन्ने कुरा आयो, तर त्यो विषयमा टेष्ट गर्ने हामीसँग सुविधा पनि छैन । तर त्यसको लागि लगानीको पनि आवश्यकता छ । हाम्रो जस्तो मुलुकमा त्यस्ता गाडी जाँच गर्नको लागि चाहिने पूर्वाधारको लागि ठूलो लगानी चाहिन्छ । भविष्यमा सबै मिलेर यो क्षेत्रमा कार्य गर्न सकिन्छ ।’’
वातावरणविद भूषण तुलाधरले विद्युतीय सवारी साधनको आयात बढ्दै जाँदा वातावरणदेखि अन्य विभिन्न विषयमा सकारात्मक रहेको बताए । उनले नेपालको विद्युतीय सवारी नेपालका लागि निकै उचित रहेकाले सार्वजनिक यातायात क्षेत्रमा पनि विद्युतीय सवारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
उनले पछिल्ला दिनहरुमा ब्याट्री व्यवस्थापनको विषयमा समेत सरकारले सोच्नु पर्ने बताउँदै भविष्यमा हामीले सोचे जस्तो भयावह अवस्था भने नआउने दाबी गरे । उनले भने, “विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीहरु लामो समयसम्म टिक्ने खालको हुन्छ । त्यसले गर्दा हामीले त्यति चिन्ता लिनुपर्दैन् ।’’
काठमाडौं – सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण...
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...