अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...
काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ सार्बजनिक गरेको छ । यी बाइकको मूल्य ७ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० रुपैँया तोकिएको छ ।
शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाचयक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ, जसले जुनसुकै भू–भागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ ।
यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानलएबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ ।
यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सकालागि पुरै उद्योगमा अग्रस्थानमा पर्छन् । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्यकुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षाप्रदान गर्ने डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरू भन्दा धेरै अगाडि रहेको छ ।
इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन् । यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनि बलियो बनाएको छ । डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थप उत्साह बढाएको छ ।
एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू समावेश छन्, जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शत्ति mवितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई–कनेक्ट फिचर समावेश छ ।
बाचयक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको छ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकलाई ६ हजार रुपैँया विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...
काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी...
नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नाडा अटो शो २०२४ को पाँचौ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...