नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड स्मार्टको इलेक्ट्रिक कार नेपाल भित्रिएको छ । कम्पनीले स्मार्ट–३ मोडललाई नेपाल ल्याएको हो । नाडा अटो शोमा स्मार्टका लागि स्टल नलिएका कारण यो कार अवोलकन गर्न भने पाइनेछैन ।

स्मार्ट–३ मा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । २ सय किलोवाट र ३ सय १५ किलोवाट पावरमा उपलब्ध स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २० देखि ४ सय ४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ ।

स्मार्ट को ह्वील बेस २७ सय ८५ एमएम रहेको छ। त्यस्तै यो कारको लम्बाई ४४ सय ४० एमएम, चौडाई १८ सय ४४ एमएम र उचाई १५ सय ५६ एमएम रहेको छ । सीजी मोटर्सले प्रकाशित गरेको अधिकतम खुद्रा बिक्री मूल्यमा यसको मूल्य १ करोड २० लाख र १ करोड २२ लाख कायम गरिएको छ ।

सिजी मोटर्सले हाल नेटा र एवोन ब्रान्डका इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ भने स्मार्टसहित अवतार र एक्सपेङ ब्रान्डका ईभी बिक्री गर्ने तयारी गरिरहेको छ । यी मध्ये अवतार र एक्सपेङलाई कम्पनीले आजबाट सुरु हुने अटो शोमा लन्च गर्दै छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

काठमाडौं – जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्ल्युको सर्वाधिक सफल मोडल...

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

बजेटको फाइदा सबैभन्दा बढी हुन्डाई र टेस्लालाई, २० लाख हाराहारी मूल्य घट्ने अनुमान

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म...

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

इलेक्ट्रिक कार भित्र्याउने मात्र होइन, ब्याट्री व्यवस्थापन समेत गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...