अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने

काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने भएका छन् । अटो शोमार्फत चिनियाँ ब्रान्ड जोनसेन र अर्को प्रिमियम ब्रान्ड ट्रायम्फ पहिलोपटक औपचारिक रुपमा नेपाल भित्रिन लागेका हुन् ।

जोनसेनलाई ज्योती ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङले ल्याउन लागेको हो भने ट्रायम्फलाई बजाज र केटिएम मोटरसाइकल बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले भित्र्याएको हो । ज्योती ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले यसअघि बिक्री गर्दै आएको हिरो ब्रान्डको डिलरशिप गुमाएपछि नयाँ ब्रान्ड भित्राउन लागेको हो । कम्पनीले यसअघि इलेक्ट्रिक वान स्कुटर समेत भित्राइसकेको छ ।

जोनसेन ब्रान्डको नेपाल आउने पहिलो मोटरसाइकल २५० सिसीको एड्भेन्चर मोडल हुने कम्पनीले जनाएको छ । यो मोटरसाइकलको फिचर र मूल्य लन्च भएपछि मात्रै सार्बजनिक गर्ने कम्पनीको तयारी छ । जोनसेन चिनको प्रख्यात टु–ह्विलर ब्रान्ड हो । चीनमा यसको ६ स्थानमा उत्पादन सुबिधा रहेको छ । स्यामुकापु ट्रेडिङले निकट भविष्यमा यसको एसेम्वल नेपालमै गर्ने समेत योजना बनाएको छ ।

अटो शोमा लन्च हुन लागेको अर्को नयाँ मोटरसाइकल ट्रायम्फ बेलायतको प्रिमियम टु–ह्विलर ब्रान्ड हो । हाल यसलाई भारतमा बजाज अटोले उत्पादन गर्दै आएको छ । नेपाली बजारमा ट्रायम्फको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स दुबै मोडल लन्च हुने तयारीमा छ । यी बाइकको मूल्य ८ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

शनिबार ‘अल्ट्राभायोलेट राइड’ हुने, मिस नेपाल वर्ल्ड केसीद्वारा उदघाटन गरिने

शनिबार ‘अल्ट्राभायोलेट राइड’ हुने, मिस नेपाल वर्ल्ड केसीद्वारा उदघाटन गरिने

काठमाडौं – आगामी शनिबार अर्थात जेठ ३१ गते ‘अल्ट्राभायोलेट राइड’ कार्यक्रम...

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

काठमाडाै – नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...