हुन्डाई कार किन्दा उपहारमा भेन्यू एसयूभी, ११ लाखसम्म नगद छुट

काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले दशैं तिहार लक्षित अफर ‘फेष्टिभ डिलाईट २०८१’ सार्वजनिक गरेको छ ।

दशैं र तिहारलाई विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा झै यसपटक पनि गाडीका साथै अन्य आकर्षक उपहार दिने भएको छ । यसवर्षको फेस्टिभल सिजनमा हुन्डाई गाडी खरिद गर्ने एक जना भाग्यशालीे बिजेताले लक्कि ड्रमार्फत नेपालमा बनेको भेन्यू एसयूभी प्राप्त गर्ने कम्पनीले जनाएको छ । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइ लबजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १०लाख सम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

कम्पनीले भदौ ११ देखी सुरुहुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकलाई पनि यस योजनामा समेट्ने जनाएको छ । अटो शोमा रहने ए२ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु मेट्न कम्पनीले आह्वान गरेको छ । हुन्डाईका सबैै मोडलमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुने बताइएको छ ।

कम्पनीले हाल हुन्डाई टेष्ट ड्राइभ एण्ड विन क्याम्पने समेत सञ्चालन गरिरहेको छ । उक्त क्याम्पेन अन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअप मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार पाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...

हुन्डाईको आयोनिक ब्रान्ड चीन प्रवेश, दुई नयाँ कन्सेप्ट सार्बजनिक

हुन्डाईको आयोनिक ब्रान्ड चीन प्रवेश, दुई नयाँ कन्सेप्ट सार्बजनिक

हुन्डाई मोटरले आफ्नो इलेक्ट्रिक ब्रान्ड आयोनिक चीन प्रवेश गरेको औपचारिक...

हुन्डाई गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाइने

हुन्डाई गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाइने

हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...