जोनसेनका मोटरसाइकल नाडा अटो शो पहिले लन्च हुने, अटो शोमा अवलोकन गर्न पाइने

काठमाडौं – नेपाली बजारमा जोनसेनका मोटरसाइकल उपलब्ध हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङ प्रालिले यी मोटरसाइकल नेपाल भित्र्याएको हो ।

नाडा अटो शो २०२४ प्रारम्भ हुनु भन्दा एक दिन अघि सो मोटरसाइकल लन्च गरिने कम्पनी स्रोतको भनाइ छ । अटो शोमा समेत सो मोटरसाइकल अवलोकन गर्न सकिने छ ।

ज्योति समूह अन्तर्गतको एनजीएम प्रालिले पहिले हिरो मोटरसाइकल र स्कुटर बिक्री–वितरण गर्ने गरेकोमा हाल सो ब्रान्ड सीजी मोटर्सले बिक्री–वितरण गरिरहेको छ । ज्योति समूह अन्तर्गतकै स्यामुकापु ट्रेडिङले अब जोनसेन ब्रान्ड बिक्री–वितरण गर्न थालेको हो । स्यामुकापुमा इलेक्ट्रिक वान स्कुटर समेत केही दिन यता बिक्री–वितरण गरिरहेको छ ।

हाल पहिलो चरणमा २५० सीसीको एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । यसको फिचर र मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

त्यसैगरी नेपालमै यो ब्रान्डका उत्पादन एसेम्बल गर्ने योजना समेत रहेको बताइएको छ । चीनका विभिन्न ६ सहरमा उत्पादन हुने जोनसेन ब्रान्डका मोटरसाइकल र स्कुटर नेपाली बजारमा समेत रुचाइने कम्पनीको अनुमान छ ।

सम्बन्धित समाचारहरू

जोनसेनका दुई मोडलका बाइकको मूल्यमा एकै पटक ३५ हजार सम्म मूल्य कम

जोनसेनका दुई मोडलका बाइकको मूल्यमा एकै पटक ३५ हजार सम्म मूल्य कम

काठमाडौं – नेपालका लागि जोनसेन ब्रान्डका बाइकको आधिकारिक वितरक...

इटहरीमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु, यस्ता छन् आकर्षक अफर

इटहरीमा ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु, यस्ता छन् आकर्षक अफर

इटहरी – ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो...

यी हुन् यो वर्ष लन्च गरिएका १२५ सीसी देखि १३०० सीसीसम्मका रोचक बाइक

यी हुन् यो वर्ष लन्च गरिएका १२५ सीसी देखि १३०० सीसीसम्मका रोचक बाइक

सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...