बीवाईडीको एसेम्वल प्लान्ट अव पाकिस्तानमा पनि, ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजना

न्यू इनर्जी भेइकलमा कहलिएको ब्राण्ड बीवाईडीले पाकिस्तानमा समेत आफ्नो नयाँ प्लान्ट स्थापना गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार बीवाइडीले पाकिस्तानको ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजना बनाएको छ ।

स्थानीय साझेदारसँग पाकिस्तानको कराँचीमा नयाँ कारखाना निर्माण गर्ने योजना बनाएको बीवाइडीले सुरुमा ३ वटा मोडल लन्च गर्ने तयारी थालेको हो । जसमा सेडान र एसयूभी मोडल सामेल हुने टुंगो लागिसकेको छ । कम्पनीले भविषयमा ब्याट्री–इलेक्ट्रिक को साथै प्लग–इन हाइब्रिड लगायत अन्य थप मोडलहरू समेत उत्पादन गर्ने योजना बनाएको छ ।

बीवाइडीले पाकिस्तानको सबैभन्दा ठूलो व्यापार समूह मेगा कंग्लोमेरेटसंग यसबारे सम्झौता गरेको छ । यो समहु अन्तर्गतको हव पावर्स कम्पनी पाकिस्तानको सबैभन्दा ठूलो स्वतन्त्र विजुली उत्पादक कम्पनी समेत हो ।

नयाँ कारखाना कराँचीको पोर्ट कासिम क्षेत्र नजिकै स्थापना गरिने मिडिया रिपोर्टमा उल्लेख रिएको छ । जहाँ टोयोटा, सुजुकी र किया जस्ता अन्य ब्रान्डले समेत एसेम्बली प्लान्ट स्थापना गरेका छन् । बीवाईडीको नयाँ प्लान्ट २०२६ को पहिलो हाफतिर सञ्चालनमा आउने जनाइएको छ ।

उक्त प्लान्टबाट गाडी उत्पादन थाल्नु अघि कम्पनीले यस वर्षको चौथो त्रैमासिकमा बीवाईडीलाई पाकिस्तानमा बिक्री सुरु गर्ने तयारी थालेको छ । पाकिस्तानमा यसअघि ग्रेट वाल मोटर्स, एसएआईसी र चोङकिङ चाङ्गन अटोमोबाइलले गाडी एसेम्वल गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...