बीवाईडी सिल ईभी अब अटोमेटिक पार्किङ फिचरमा

२०२५ बीवाईडी सिल इलेक्ट्रिक सेडान लन्च गरिएको छ । यसमा पहिलेको भन्दा राम्रो सेफ्टी फिचर छ । साथै यसको लुकलाई पनि पहिलेभन्दा धेरै आकर्षक बनाइएको छ ।

नयाँ २०२५ बीवाईडी सिल इलेक्ट्रिक सेडान लाइडर सेन्सर मोड्युलसँग जडान गरिएको छ । यसको प्रयोगले एडास फङ्सन कार्य बढाउँछ । यसको अटोमेटिक ड्राइभिङ क्षमतामा थप सुधार गरिएको छ । यसलाई अब एल२ प्लस लेवलको डीपाइलट ३०० सिस्टममा ल्याइएको छ । यसमा अटोपाइलट र अटोमेटेड भ्यालेट पार्किङमा हाई स्पिड र सिटी नेभिगेसन जस्ता फिचर समावेश गरिएको छ ।

नयाँ २०२५ बीवाईडी सिल इलेक्ट्रिक सेडान ई-प्लेटफर्म ३.० इभोमा आधारित छ । यसले १२ इन १ इलेक्ट्रिक ड्राइभ सिस्टमको प्रयोग गर्छ । यसमा फास्ट चार्जिङ सिस्टम, हाई एफिसियन्सी भएको थर्मल म्यानेजमेन्ट मोड्युल, अत्याधुनिक सीटीबी भेइकल जस्ता सेफ्टी फिचर दिइएको छ ।

२०२५ बीवाईडी सिलमा ४ स्पोक फ्ल्याट-बटम स्टेयरिङ ह्विल र रोटेशन फङ्सनको साथमा ठुलो सेन्ट्रल माउन्टेड फ्लोटिङ टचस्क्रिन दिइएको छ । साथै सबै भेरिएन्टमा मिनिमलिस्ट सेन्टर कन्सोल, वायरलेस चार्जिङ प्याडसहित डब्ल्यु एचयूडी हेड अप डिस्प्ले र १३ एयरब्याग दिइएको छ ।

नयाँ २०२५ बीवाईडी सिल २ वटा ब्याट्री प्याक विकल्पमा लन्च गरिएको छ । यसको ६१.४४ किलोवाट ब्याट्री प्याकले ५१० किलोमिटर र ८०.६४ किलोवाट ब्याट्री प्याकले ६५० किलोमिटर रेन्ज प्रदान गर्छ । सो इलेक्ट्रिक सेडानले मात्र ३.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्छ। यसको टप स्पिड २४० किलोमिटर प्रति घण्टा छ । यसको ब्याट्री १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न २५ मिनेट लाग्छ ।

नेपाली बजारमा पनि भविष्यमा नयाँ मोडलको सिल आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने

काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध...

नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक, यस्तो देखियो तस्बिर

नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक, यस्तो देखियो तस्बिर

सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ...

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

टाटा मोटर्सले बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...