७५० सीसी इन्जिन सहितको कन्टिनेन्टल जीटी-आर बाइक ल्याउँदै रोयल इनफिल्ड
रोयल इनफिल्डले नयाँ ७५० सीसी इन्जिनसहितको नयाँ बाइक लन्च गर्ने तयारीमा...
रोयल इन्फिल्डले भारतीय बजारमा गुरिल्ला ४५० लन्च गरिसकेको छ । सो बाइक ३०० सीसी देखि ५०० सीसी सेगमेन्टमा उपलब्ध छ । अब कम्पनीले सो बाइकको स्पोर्ट्स बाइक पनि लन्च गर्ने तयारी गरिरहेको छ, जसले भारतलगायत विश्व बजारमा पनि धेरै बाइकसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार रोयल इन्फिल्डले ४५० सीसी प्लेटफर्ममा आधारित पाँच वटा मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । यी ५ मध्ये दुई वटा मोटरसाइकल हिमालयन ४५० र हालै लन्च गरिएको गुरिल्ला ४५० बाइक हुन् । तेस्रो मोटरसाइकल शेर्पा ४५० प्लेटफर्ममा आधारित रोयल इन्फिल्डको सबैभन्दा स्पोर्टी बाइक हुने सम्भावना छ। यो एक सेमी-फेयर स्पोर्ट्स बाइक हुनेछ ।
गुरिल्ला ४५० को स्पोर्ट्स बाइक रेट्रो क्याफे रेसरको रूपमा प्रस्तुत गर्ने सम्भावना छ । यसको मूल्य गुरिल्ला ४५० भन्दा बढी हुन सक्छ । सो बाइक गुरिल्ला ४५० मा आधारित स्पोर्ट्स बाइक कन्टिनेन्टल जीटी-आर ४५० नाममा आउने अपेक्षा गरिएको छ । साथै यसमा कन्टिनेन्टल जीटी ६५० को डिजाइन पनि देख्न सकिनेछ ।
रोयल इन्फिल्ड गुरिल्ला ४५० को स्पोर्ट्स बाइकको सिट माथि हुन सक्छ । यसमा राउन्ड एलईडी हेडलाइट, आरएसयू टेलिस्कोपिक फ्रन्ट फोर्कको सट्टा यूएसडी टेलिस्कोपिक फ्रन्ट फोर्क, बार-एन्ड मिरर, नयाँ अलोय ह्विल, रियरमा १६० सेक्शनको पाङ्ग्रा, ट्रिपर ड्यास गुगल म्याप र म्युजिक कन्ट्रोल जस्ता फिचरले सुसज्जित हुन सक्ने सम्भावना छ ।
रोयल इनफिल्डले नयाँ ७५० सीसी इन्जिनसहितको नयाँ बाइक लन्च गर्ने तयारीमा...
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
राेयल इन्फिल्डले चीनको दुर्लभ अर्थ म्याग्नेटको निर्यात प्रतिबन्धले रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...