नीति तथा कार्यक्रममार्फत मेयर साहको घोषणा : रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाइने
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंमा...
ट्राफिक प्रहरीको इतिहास हेर्ने हो भने नेपालमा बि.सं. १९५८ मा बाइरोडको बाटो हुदै बोकाएर ल्याएको कारबाट यसको सुरुवात भएको देखिन्छ । काठमाडौंमा बग्गी कुदाउन बनाइएका बाटोमा यसरी भित्रिएका कारहरुबाट क्रमशः ट्राफिक शुरु भएको पाइन्छ ।
शुरुमा राजाको सवारी साधनलाई १ नम्बर, प्रधानमन्त्रीको सवारी साधनलाई २ नम्बर गरी मर्यादाक्रमको आधारमा सवारी साधनको दर्ता गरेको पाइन्छ । ट्राफिक पुलिस डिट्याचमेन्टका नामले शुरु यो संगठनले वर्तमान अवस्था सम्म आइपुग्दा विभिन्न आरोह अवरोहहरू पार गरेको छ ।
दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, साँघुरा सडक, सवारी नियमबारे जनमानसमा बुझाइको कमी, विशेषगरी ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति ट्राफिक व्यवस्थापनका लागि वर्तमानका जटिल एवम् चुनौतीपूर्ण कार्यहरु हुन् । यातायात क्षेत्रमा अस्वस्थ एवम् अव्यवस्थित प्रतिस्पर्धाले पनि सवारी व्यवस्थापन एवम् ट्राफिक नियम परिपालनामा चुनौती थपिँदै गएको छ ।
नेपाल प्रहरी संगठनले यी र यस्तै चुनौतीहरुको सामना गर्दै ‘सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन’ सँगै चुस्त सेवा प्रवाहलाई मूल ध्येय मानेको छ । यसका लागि केही नविनतम प्रविधिहरुको पनि प्रयोग गरेको छ ।
यसै सन्दर्भमा हाल प्रयोगमा आएको एएनपीआर अर्थात अटामेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम (ANPR - Automatic Number Plate Recognition System) वारेमा जानकारी दिदैछौ ।
ट्राफिक व्यवस्थापनका क्रममा प्रयोग भैरहेको विभिन्न प्रविधि मध्ये नेपालमा भर्खर भर्खर प्रयोगमा आएको प्रविधि हो एएनपीआर । हाल काठमाडौ उपत्यकाको कोटेश्वर, महालक्ष्मीस्थान, सानेपा हाइट, मुनी भैरव, महाराजगञ्ज, नयाँ बसपार्क गेट तथा नागढुङ्गामा र उपत्यका बाहिर काभ्रेपलाञ्चोकको २८ किलो र काभ्रेभञ्ज्याङमा यो प्रविधि जडान गरिएको छ ।
एएनपीआरसँगै फ्ल्यास लाइट र राडार जडान गरिएको हुन्छ । यी सबैले एकीकृत भएर काम गर्छन् ।
यसले सवारी साधनको नम्बर प्लेट सहित सवारी साधन तथा अगाडिको चालक र यात्रीको फोटो तथा भिडियो नियमित रुपमा खिच्छ ।
यसरी खिचिएका फोटो तथा भिडियोहरु अप्टिकल फाइबर केबुलमार्फत सर्भर रुममा पठाउँछ र अपरेटरले सवारी साधनको तीव्र गति, सवारी चालकको मनस्थिति, हेल्मेट, सिट बेल्ट प्रयोग गरे नगरेको, नियम विपरितको लेन परिवर्तन, राइट टर्न, यु टर्न लगायतका ट्राफिक नियम उल्लंघनका विवरणहरु (Volation Record List) देखाउँछ । साथै नियम उल्लंघन गर्ने सवारीको किसिम, सवारी निर्माता कम्पनी, उल्लंघन गरेको समयको विवरण समेत देखाउँछ ।
सोही विवरणका आधारमा कन्ट्रोल रुमको प्रहरीमार्फत फिल्डमा खटिएको प्रहरीलाई रेडियो सेटमार्फत खबर गरिन्छ र उक्त सवारी साधन र चालक कारवाहीमा पर्ने गर्दछन् ।
प्र.व.ना.नि. बिष्णु थापा
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंमा...
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित...
अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...