४०० सीसीमा दुई नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ, नेपालमा हंसराज हुलासचन्दले बिक्री गर्ने

प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले दुई नयाँ मोटरसाइकल लन्च गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार बजाज अटोले यस वर्ष दुई नयाँ ४०० सीसी ट्रायम्फ बाइक लन्च गर्ने तयारी गरेको हो । यी मोटरसाइकल भारतमा फेस्टिभ सिजन अघि लन्च हुने जनाइएको छ । दुबै मोडल ‘स्ट्रिट बाइक’ हुने अनुमान गरिएको छ ।

ट्रायम्फले हाल स्पीड ४०० र स्क्र्याम्ब्ल ४०० एक्सलाई भारतमा उत्पादन गर्दै आएको छ । नयाँ मोडलहरू एउटै प्लेटफर्ममा आधारित हुने भएपनि डिजाइन र फिचर भने फरक हुने अपेक्षा गरिएको छ ।

ट्रायम्फले ४०० सीसी प्लेटफर्ममा आधारित क्याफे रेसर शैलीको बाइकमा काम गरिरहेको छ । जुन थ्रक्सटन ४०० हुनसक्ने अनुमन गरिएको छ ।

सो नयाँ मोटरसाइकलले थ्रक्सटन बिग बाइक जस्तै बबल–टाइप फेयरिङको साथ रेट्रो डिजाइन फिचर पाउने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बाइकमा ३९८.१५ सिसी सिंगल–सिलिन्डर इन्जिन जडान हुनेछ । जसको अधिकतम पावर ३९५ बिएचपी र टर्क ३७.५ एनएम हुनेछ । बाइकमा ६ स्पिड गियरवक्स उपलब्ध हुनेछ ।

ट्रायम्फ नेपाली बजारमा समेत लन्च हुने तयारीमा रहेको मोटराइकल हो । यो नयाँ ब्रान्डलाई बजाज तथा केटिएम मोटरसाइकल बिक्री गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनीले आगामी नाडा अटो शोमार्फत लन्च गर्ने योजना बनाएको छ ।

नेपाली बजारमा यसको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स दुबै मोडल लन्च हुने तयारीमा रहेको हो । यी बाइकको मूल्य ८ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाज अटोले जुलाई ५ मा आफ्नो पहिलो सीएनजी बाइक लन्च गर्ने भएको छ । सो बाइक...

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

द ग्रेट हिमालयन ओडिसी : लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

काठमाडौं–डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...