२०२४ मोडलको केटीएम ३९० एड्भेन्चर नेपालमा, खुल्यो प्रि–बुकिङ

काठमाडौं – नेपाली बजारमा २०२४ मोडलको केटीएम ३९० एड्भेन्चर मोटरसाइकल उपलब्ध हुने भएको छ । नेपालमा केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइकको प्रि–बुकिङ खुला गरेको छ ।

२०२४ केटीएम ३९० एड्भेन्चर बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, फोर भल्व, एफआई इन्जिन उपलब्ध छ । सो इन्जिनले ४३.५ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा बोस इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम छ । यसको फ्रन्टमा डब्ल्युपी एपेक्स युएसडी ओपन–क्याट्रिज फोक्र्स सस्पेन्सन छ भने रियरमा डब्ल्युपी एपेक्स मोनोसक सस्पेन्सन छ । ब्रेकिङका लागि फ्रन्ट र रियरमा ड्युअल च्यानल एबीएससहित ३२० एमएम र २३० एमएमको डिस्क ब्रेक दिइएको छ ।

केटीएम ३९० एड्भेन्चर बाइकमा ट्रयाक्सन कन्ट्रोल सिस्टमको लागि स्ट्रिट र अफरोड मोड उपलब्ध छ । सो बाइक एक्कासी रोकिएमा वा लडेमा पनि अफरोड मोड सक्रिय रहनेछ । यसका कारण बाइक चलाउन सुरक्षित हुन्छ ।

यसमा रोबुस्ट कास्ट ह्विल उपलब्ध छ । यसमा टीएफटी ड्यास डिस्प्ले टाइपको इन्स्ट्रयुमेन्ट क्लस्टर छ । एमटीसी, राइडिङ मोड, कर्नरिङ एबीएस, अफरोड एबीएस, राइड–बाई–वायर, क्विकसिफ्टर प्लस, स्लिपर क्लच, १२ भोल्ट युएसबी सकेट जस्ता विशेषता यसमा रहेका छन् ।

१४.५ लिटरको फ्युल ट्यांकी रहेको यो बाइकको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । फुल स्प्लिट एलईडी हेडल्याम्प रहेको केटीएम ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

आगामी भदौ ११ देखि शुरु हुने नाडा अटो शो भन्दा पहिले नै यो बाइक ग्राहकले पाउन सक्ने कम्पनीको भनाइ छ । बाइकका साथमा करिव ४६ हजार मूल्यको एरो -याप हेल्मेट र एरिएट गगल्स समेत पाइने छ ।

सम्बन्धित समाचारहरू

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर, मूल्य कम गर्न फिचरमा कटौती

केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर, मूल्य कम गर्न फिचरमा कटौती

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने

काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...