परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ, जसमा बाइकका धेरै विशेषताहरु देखिएका छन् ।

परीक्षणको क्रममा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक पहिलेको भन्दा बढी प्रभावशाली देखिएको छ । यसमा लामो विन्डस्क्रिन र विन्डस्क्रिनको दुबै छेउमा हेडल्याम्प जडान गरिएको छ । यसको हेडल्याम्पमा एलईडी प्रदान गरिएको छ । अगाडिबाट यसको डिजाइन नयाँ ३९० एडभेन्चरसँग मिल्दोजुल्दो देखिन्छ ।

केटीएम ३९० एडभेन्चरमा ३९९ सीसी, लिक्विड कुल्ड इन्जिन हुनेछ । सो इन्जिनले ४५.३ बीएचपीको पावर र ३९ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइक फरक ट्युनिङ र गियरिङका साथ आउने सम्भावना छ । यसमा स्विङआर्म, सस्पेन्सन र स्पेक ह्विल जस्ता अन्य हार्डवेयर पार्ट्स नयाँ देख्न सकिन्छ।

केटीएम ३९० एड्भेन्चर २१ इन्चको फ्रन्ट ह्विलको साथ लन्च गर्न सकिन्छ। भारतमा यस बाइकको परीक्षण भइरहेको छ । कम्पनीले सो बाइकको लन्चिङको घोषणा चाँडै गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...