मारुतीको पहिलो इलेक्ट्रिक कार परीक्षणको क्रममा देखियो, अर्को वर्ष लन्च हुने अनुमान

मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी गरिरहेको छ । मारुतीको पहिलो इलेक्ट्रिक कार ईभीएक्स हुनेछ, जसको परिक्षण सुरु भइसकेको छ । सो एसयूभीको कन्सेप्ट कार गत वर्ष २०२४ अटो एक्सपोमा प्रस्तुत गरिएको थियो ।

परीक्षणमा देखिएको मारुती ईभीएक्समा स्पोर्टी एक्स आकारको फ्रन्ट फेसिया देखिएको छ । साथै यसमा डबल एलईडी डीआरएल र कारको पछाडिको लाइटिङ एलिमेन्ट पनि देखिएको छ ।

यसको साइड प्रोफाइलमा पोलीगोनल ह्विल आर्च र एकीकृत टर्न सिग्नलसहितको ओआरभीएम प्रदान गरिएको छ र पछाडिको ह्यान्डल सी पिलरमा माउन्ट गरिएको छ । ईभीएक्समा स्पोर्टी लुकका लागि ब्ल्याक आउट पिलर हुने अपेक्षा गरिएको छ। साथै रूफ माउन्टेड स्पोइलर, वाशर र वाइपर र बम्पर उपलब्ध गराइएको छ ।

मारुती ईभीएक्समा फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री मनिटर, ब्लाइन्ड स्पट मोनिटरिङ र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध हुनेछ । यसका साथै यसमा राडार र क्यामेरामा आधारित एडास, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड सिट, प्रिमियम साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फ्ल्याट-बटम स्टेयरिङ ह्विल र स्प्रेड-आउट सेन्टर कन्सोल जस्ता फिचर दिइएको छ । यसको क्याबिनमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ ।

मारुती ईभीएक्समा ६० किलोवाट ब्याट्री प्याक प्रदान गर्न सक्ने सम्भावना छ, जसले लगभग ५०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । सो एसयूभी सिंगल मोटर एफडब्ल्युडी र ड्युअल मोटर एडब्ल्युडी विकल्पमा आउने छ । मारुती ईभीएक्स सन् २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...