पी-१५० को इन्जिन लागेर आउँदै पल्सर एन-१५०
बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र...
बजाज अटोले आफ्नो नयाँ कम्युटर बाइक पल्सर एन १२५ मा काम गरिरहेको छ । सो बाइक अब आउने फेस्टिभ सिजनमा लन्च गर्न सक्ने सम्भावना छ । हालै सो मोटरसाइकल परीक्षणको क्रममा देखिएको थियो ।
परीक्षणमा देखिएको पल्सर एन१२५ मा ठुला एलईडी हेडल्याम्प र शार्प एक्सटेन्सनसहितको मस्कुलर फ्युल ट्याङ्की देखिएको छ । बाइकको पछाडिको भागमा ड्युअल एलईडी टेलल्याम्प सेटअप भएको टेल सेक्शन पनि देखिएको छ । सो बाइक टर्न इन्डिकेटर हलोजनले सुसज्जित हुनेछ ।
नयाँ बजाज पल्सर एन१२५ मा एन१५० जस्तै फ्रेम हुने सम्भावना छ । सस्पेन्सनको लागि यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक जडान गर्न सकिनेछ भने ब्रेकिङको लागि फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक हुनेछ । बाइकमा एन्टि लक ब्रेकिङ सिस्टमको सट्टा कम्बाइन्ड ब्रेकिङ सिस्टम दिन सकिनेछ । आगामी पल्सर एन१२५ स्मार्टफोन जडानको साथ रिभर्स एलसीडीको साथ आउने अपेक्षा गरिएको छ।
मिडिया रिपोर्टका अनुसार पल्सर एन१२५ मा एन१५० इन्जिनको सानो संस्करण देख्न सकिने अनुमान गरिएको छ । यसमा १२५ सीसीको एयर कुल्ड इन्जिन हुनेछ ।
सो बाइकको मूल्य १ लाख भारु हुन सक्ने अनुमान गरिएको छ । भारतीय बजारमा लन्च भएपछि यसले टीभीएस रेडर १२५, हिरो एक्सट्रिम १२५आर र होन्डा एसपी १२५ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र...
बजाजले लोकप्रिय बाइक बजाज पल्सर २२० एफको अपडेटेड संस्करण लन्च गरेको छ ।...
बजाज अटोले डिसेम्बर २० मा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको अपडेटेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...