पेट्रोल कारको तुलनामा विद्युतीय कारको टायर किन छिटो खराब हुन्छ ?

विश्वभर विद्युतीय कारको प्रयोग तिब्र गतिमा बढिरहेको छ । कार्बन उत्सर्जन नगर्ने, संचालन खर्च ज्यादै न्यून पर्ने र प्रयोग गर्न सजिलो हुनेजस्ता कारणले संसारका धेरै मानिसले ईभीलाई अपनाउन थालेका छन् । विद्युतीय कारका धेरै फाइदाहरु भएपनि केहि यस्ता कुराहरु पनि छन्, जसले उनीहरुलाई पेट्रोल कार भन्दा महँगो बनाउँछ ।

चार्जिङ पूर्बाधार र रेन्ज एन्जाईटी ईभीमा देखिने प्रमुख समस्या हुन् । यसको अलवा विद्युतीय गाडीको टायर छिट्टै खिईने समस्याका कारण यसलाई चाँडो परिवर्तन गर्नुपर्ने हुन्छ । वास्तवमै, पेट्रोल वा डिजेल कारको तुलनामा इलेक्ट्रिक कारको टायर चाँडो खिइन्छ ।

पेट्रोल कारको टायर औषतमा ४० हजार किलोमिटर गुडेपछि फेर्नुपर्छ भने विद्युतीय कारको टायर ३० हजार किलोमिटरमै फेर्नुपर्ने विभिन्न अध्यायनले देखाएको छ । टायर छिट्टै खिइनुको कारण कतै यस्ता गाडीमा प्रयोग हुने टायर कमसल गुणस्तरको भएर त हैन ? भन्ने आशंका समेत उब्जिन सक्छ । तर वास्तवमा यस्तो भने होइन ।

विद्युतीय कारको टायरमा कम्पनीले कुनै सम्झौता गर्दैन । यसको गुणस्तर पनि पेट्रोल कारमा पाइने टायर जस्तै हुन्छ । अझ धेरैजसो टायर उत्पादकले त ईभी डेडिकेटेड टायर नै ल्याइसकेका छन् ।

ईभीमा प्रयोग हुने टायर टायर चाँडो खिइनुको कारण इलेक्ट्रिक कारको तौल हो । धेरैलाई थाहा नहुन सक्छ कि विद्युतीय कारको तौल पेट्रोल कारको भन्दा बढी हुन्छ । यस्ता कारमा प्रयोग हुने ब्याट्री निकै भारी हुने हुँदा कारको तौल पनि बढि हुन गएको हो ।

भारी तौलका कारण विद्युतीय कारको टायर चाँडै बिग्रन्छ । अझ बाटोको अवस्था राम्रो छैन भने त झन् छोटो समयमै टायर काम नलाग्ने हुन्छ । साथै यस्ता गाडीको टर्क उच्च हुने कारण पनि टायर छिट्टै खिइन्छ । मोटरले ह्विललाई छिटो घुमाउने हुँदा यसले जमिनको सतहसंग टायरको घर्षण बढाउँछ र टायर छिट्टै विगार्छ ।

सम्बन्धित समाचारहरू

सारथी स्कुटरको नयाँ शोरुम सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन पाइने

सारथी स्कुटरको नयाँ शोरुम सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन पाइने

काठमाडौं–वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको...

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

पेट्रोलियम गाडीलाई ईभीमा रुपान्तरण गर्न पाइने कानूनी बाटो खुल्यो

काठमाडौं–सरकारले पेट्रोलियम इन्जिन भएको पुरानो सवारी साधनलाई विद्युतीय...

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

ग्लोबल प्योर इलेक्ट्रिक भेइकलमा लिडर बन्दै बीवाईडी, ४ लाख युनिटले पछि प-यो टेस्ला

चिनियाँ सवारी साधन निर्माता कम्पनी बीवाईडीले ग्लोबल प्योर इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...