होन्डा सीबी३५० र जावा ३५० सँग प्रतिस्पर्धा गर्न अपडेटेड रोयल इन्फिल्ड क्लासिक ३५० आउँदै

रोयल इन्फिल्डले आफ्नो सबैभन्दा लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को अपडेटेड संस्करण अगस्ट १२ मा लन्च गर्ने भएको छ । क्लासिक बाइकको नयाँ पुस्ताको मोडलमा फिचर अपडेट गरिएको छ ।

सो मोटरसाइकलको मूल्य हालको मोडलभन्दा बढी हुनेछ । रोयल इन्फिल्ड क्लासिक ३५० ले भारतीय बजारमा होन्डा सीबी३५० र जावा ३५० सँग प्रतिस्पर्धा गर्छ।

नयाँ रोयल इन्फिल्ड क्लासिकको ३५० एलईडी हेडलाइट, एलईडी टेललाइट र एलईडी टर्न इन्डिकेटरमा ठुलो अपडेट गरिएको छ । साथै बाइकमा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर, नयाँ स्विचगियर र नयाँ कलर अप्सन पनि उपलब्ध हुनेछ । मोटरसाइकलको इन्धन ट्याङ्की र साइड बडी प्यानलमा हल्का परिवर्तन हुन सक्छ। साथै एबीएस सहित अलोय ह्विल र ट्युबलेस टायरको विकल्प दिन सकिनेछ ।

सो बाइक जे सिरिजको ३४९ सीसी एयर/आयल कुल्ड सिंगल सिलिन्डरले सुसज्जित हुनेछ । सो इन्जिनले २०.१७ एचपी पावर र २७ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । ट्रान्समिसनको लागि यसको इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

सो बाइकको फ्रन्टमा ट्विन डाउनट्युब फ्रेम टेलिस्कोपिक फोर्क र ट्विन रियर शक एब्जार्बर दिइएको छ । यसमा ट्युब टायरसहित अगाडि १९ इन्च र पछाडि १८ इन्चको वायर स्पोक ह्विल उपलब्ध हुनेछ ।

बाइकको मिड र टप भेरिएन्टमा ड्युअल च्यानल एबीएससहित ३०० एमएम फ्रन्ट र २७० एमएम रियर डिस्क ब्रेक समावेश हुनेछ । बेस भेरिएन्टमा सिंगल च्यानल एबीएसको साथ रियरमा ड्रम ब्रेक दिइएको छ । नयाँ पुस्ताको क्लासिकमा यूएसबी चार्जिङ पोर्ट, एनालग स्पिडोमिटर, फ्युल गेज र सर्भिस रिमाइन्डरसहितको नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले एक वर्षमा नेपालमा बेच्यो करिव १२ हजार मोटरसाइकल, सेगमेन्ट लिडरको फाइदा लिदै

रोयल इन्फिल्डले एक वर्षमा नेपालमा बेच्यो करिव १२ हजार मोटरसाइकल, सेगमेन्ट लिडरको फाइदा लिदै

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...

रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...

यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?

यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?

काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा आफ्नो बहुप्रतीक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...