जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
महिन्द्राले महिन्द्रा थार रोक्सलाई नयाँ एसयूभीको रूपमा चाँडै लन्च गर्ने तयारी गरिरहेको छ। सो एसयूभी लन्च हुनुअघि नयाँ भिडियो सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार महिन्द्राले फाइभ डोर थार रोक्स अगस्ट १५ मा लन्च गर्ने भएको छ । हालै सार्वजनिक भएको भिडियोमा यसको जानकारी दिइएको हो ।
महिन्द्रा थार रोक्सको फ्रन्टमा हेक्सागोनल कालो इन्सर्टका साथै अपडेट गरिएको डबल-स्लेटेड ग्रिल सेक्शन र माथि महिन्द्रा लेखिएको छ । यसको साथै गोलाकार एलईडी हेडल्याम्प र सी आकारको एलईडी डेटाइम रनिङ लाइट पनि समावेश छ । सो एसयूभीमा नयाँ डिजाइन गरिएको अलोय ह्विल र बाक्लो कालो ह्विल आर्च क्ल्याडिङ समावेश छ ।
महिन्द्रा थार रोक्स २.२ लिटर फोर-सिलिन्डर एमहक डिजेल र २.० लिटर एमस्ट्यालिङ पेट्रोल इन्जिनले सुसज्जित हुनेछ । तल्लो र मिड-स्पेक ट्रिमका लागि सानो १.५ लिटर डिजेल इन्जिनको सम्भावना पनि छ। ट्रान्समिसनका लागि यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर समावेश हुनेछ ।
सो एसयूभीमा प्यानोरामिक सनरुफ, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीसहितको १०.२५ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामेरा सिस्टम, माउन्टेड कन्ट्रोलसहितको स्टेयरिङ ह्विल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एलईडी फगल्याम्प जस्ता फिचर दिन सक्ने सम्भावना छ ।
थार रोक्सले फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्नेछ । यसको सुरुवाती मूल्य लगभग १५ लाख भारु हुनेछ ।
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...