किन बढी बिक्री हुन्छ ह्याचब्याक कार ? यस्ता छन् ५ कारण

ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको कम्प्याक्ट डिजाइन, किफायती मूल्य र शहरमा सजिलो ड्राइभिङ एक्सपेरिमेन्टका कारण यसलाई लोकप्रिय बनाएको छ ।

बजारमा मारुती सुजुकीले सबैभन्दा धेरै ह्याचब्याक कार बिक्री गर्छ । यसपछि हुन्डाई मोटर, टाटा मोटर्स, रेनो, टोयोटा लगायतका कम्पनीले इन्ट्री लेभल, बजेट र प्रिमियम ह्याचब्याक सेगमेन्टमा गाडीहरु ल्याएका छन् ।

ह्याचब्याक कार सामान्यतया साना र कम्प्याक्ट हुन्छ, जसले साँघुरो सडक र भीडभाड भएका ठाउँमा चलाउन सजिलो हुन्छ । सानो आकारको कारण ह्याचब्याक कार पार्क गर्न पनि सजिलो हुन्छ । साथै ह्याचब्याक कार ट्राफिकमा फसेको अवस्थामा पनि राम्रो नियन्त्रण गर्न सकिन्छ ।

ह्याचब्याक कारमा सामान्यतया सानो इन्जिन हुन्छ । जसले गर्दा यसले राम्रो माइलेज प्रदान गर्छ । ह्याचब्याक कार सामान्यतया अन्य कारको तुलनामा सस्तो पनि हुन्छ ।

ह्याचब्याक कारमा पछाडिको सिट फोल्ड गरेर बुट स्पेस बढाउन सकिन्छ । यसमा ठुला वस्तुहरू पनि सजिलै बोक्न सकिन्छ । ह्याचब्याक कार दैनिक प्रयोगका लागि मात्र नभएर परिवारसँग यात्रा गर्न र सामानहरू बोक्नका लागि पनि उत्कृष्ट विकल्प हुन्छ ।

ह्याचब्याक कारको रिसेल भ्यालु पनि राम्रो हुन्छ ।  ह्याचब्याक कार विभिन्न साइज र मोडलमा उपलब्ध हुन्छ जसले गर्दा आफ्नो आवश्यकता र बजेट अनुसार राम्रो ह्याचब्याक छनौट गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...

नयाँ मारुती सुजुकी अल्टो के१० सार्वजनिक : यस्ता छन् महत्वपूर्ण विशेषता

नयाँ मारुती सुजुकी अल्टो के१० सार्वजनिक : यस्ता छन् महत्वपूर्ण विशेषता

मारुती सुजुकी अल्टो के१० भारतमा लन्च गरिएको छ । सो कार स्ट्यान्डर्ड,...

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...