इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट बिक्री
भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट...
काठडमाडौं–चेरी र स्मार्ट फोन निर्माता सायोमीले ले संयुक्त रुपमा उत्पादन गरेको आई-कार भी२३ १६ हजार ५०० डलरमै आउने भएको छ । सो नयाँ कारको मूल्य चीनमा १६ हजार ५०० डलरदेखी सुरु हुने अनलाइनमा लिक कम्पनीको आन्तरिक डकुमेन्टले पुष्टि गरेको हो ।
आई-कार भी२३ चीन बाहिर जेको/लुकानो ब्राण्डमा बिक्री हुने कम्पनीको भनाई छ । कम्पनीले यसअघि ल्याएको आई-कार ०३ जेको जे६ नामले बिक्री हुँदै आएको छ । जुन नेपाली बजारमा औपचारिक लन्च हुने तयारीमा छ ।
वक्सि स्टाइलमा तयार पारिएको सो नयाँ कारको चीनमा बुकिङ सुरु भइसकेको छ । पावरट्रेनका वारेमा कुनै जानकारी वाहिर नल्याइएपनि यसमा ३०० देखी ५०० किलोमिटरसम्म रेन्ज दिने ब्याट्री प्याक जडान हुनसक्ने अनुमान गरिएको छ ।
हालको आई-कार ०३ अर्थात जेको जे६ भन्दा साइजमा केही सानो हुने भएपनि भी२३ फिचर र सुविधाको मामलमा माथी नै रहने बताइएको छ ।
आई-कार भी२३ को लम्बाई ४२२० एमएम, चौडाई १९१५ एमएम तथा उचाई १८४५ एमएम र ह्विलवेश २७३० एमएम लामो छ । साथै यसको अफ–रोडर अर्थात फोर–ह्विल–ड्राइभ मोडलको ग्राउन्ड क्लिरियन्स २१२ एमए र टु–ह्विल–ड्राइभको २०६ एमएम हुने जनाइएको छ ।
सो नयाँ कारको इन्टेरियमा ठूलो आकारको फ्लोटिङ स्क्रिन, थ्री–स्पोक राउन्ड स्टेरिङ ह्विल, वेभ राडर र क्वालकमको स्न्यापड्रयागन ८१५५ चीप लगायत सुबिधा दिइएको छ ।
भल्वो एक्ससी४० रिचार्ज इलेक्ट्रिक कार लन्च भएको २ घण्टामै सबै युनिट...
चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले अमेरिकाका लागि...
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...