तयार हुँदै म्याग्नाइट फेसलिफ्ट, यसै वर्ष लन्च हुने ।

निसानको सर्बाधिक लोकप्रिय सब कम्प्याक्ट एसयूभी म्याग्नाइट अपडेट भएर आउने भएको छ । जसका लागी कम्पनीले यसको फेसलिफ्ट भर्सनको उत्पादनलाई अन्तिम चरणमा पुर्याएको छ । म्याग्नाईट फेसलिफ्ट यसै वर्षको अन्त्यसम्म लन्च हुने कम्पनीले जनाएको हो ।

म्याग्नाइट फेसलिफ्टमा निसानको ग्लोबल लाइनअपका अन्य एसयूभीहरूको जस्तै फ्रेस एक्सटेरियर डिजाइन हुनेछ । यसको केही डिजाइन विवरणहरू भर्खरै भरत एनक्याप क्र्यास टेस्ट भिडियो मार्फत लीक भएको थियो । उक्त भिडियोमा पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल, नयाँ हेडल्याम्प क्लस्टरहरू र एल आकारको एलईडी डीआरएल लगायत नयाँ फिचर देखाइएको थियो ।

म्याग्नाइट फेसलिफ्टको इन्टेरियरमा समेत पर्याप्त अपडेड हुने अपेक्षा गरिएको छ । एसयूभीमा पुनः डिजाइन गरिएको ड्यासबोर्ड, सिंगल–पेनल सनरुफ र ६ वटा एयरब्याग लगायत फिचर उपलब्ध हुने अनुमान छ ।

म्याग्नाइट फेसलिफ्टमा हालको मोडलमा जस्तै इन्जिन सेटअप उपलब्ध हुने अपेक्षा गरिएको छ । यसमा १.० लिटर, ३ सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल युनिट समावेश छ ।

यसको नचुरल्लि एस्पिरेटेड इन्जिन ५–स्पीड म्यानुअल तथा ५–स्पीड एएमटी र टर्बोचार्ज्ड इन्जिन ५–स्पीड म्यानुअल तथा सिभिटी विकल्पमा उपलब्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने विभिन्न कार आयातकर्ता कम्पनीहरुले...

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...