परिष्कृत फिचर्स र नयाँ लुक्ससहित आउँदै नामी बक्स, नाडा अटो शोमा भोली लन्च हुने
काठमाडौं–नेपाली बजारमा लोकप्रिय बन्दै गएको विद्युतीय सवारीसाधन ब्राण्ड...
चेरीको प्लग–इन–हाइब्रिड एसयूभी फुलविन टी१० ले सबैभन्दा लामो यात्रा गरेर विश्व रेकर्ड कायम गरेको छ । फुलविन टी१० ले फुल ट्याङ्क तेल र फुल चार्जमा २ हजार १०० किलोमिटर यात्रा गरेर नयाँ रेकर्ड कायम गरेको हो । जुन कम्पनीले दावी गरेभन्दा ३०० किलोमिटर बढी हो ।
फुलविन टी१० आगमी जुलाई २५ मा लन्च हुने तयारीमा छ । ५ र ६ सिटर अप्सनमा आउने सो एसयुभी टु–ह्विल र फोर–ह्विल ड्राइभमा उपलब्ध हुनेछ । एसयुभीमा १.५ टी इन्जिन जडान गरिएको छ, जसको पावर ४५५ किलोवाट तथा टर्क ९६० एनएम छ ।
साथै यसमा ३४.४६ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ । जसको इलेक्ट्रिक रेन्ज २१० किलोमिटर दावी गरिएको छ । कारलाई २४० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
चेरी फुलविन टी१० मा २४.६ इन्च लामो कर्भ स्क्रिन, ५० इन्चको एआर–हेडअप डिस्प्ले र इन्टेलिजेन्ट ड्राइभिङ एसिस्टेन्स सिस्टम लगायत उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...