सेप्टेम्बरमा आउने भयो महिन्द्रा एक्सयूभी ४०० इलेक्ट्रिक
महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...
काठमाडौं – केही महिना पहिले मात्र भारतीय बजारमा लन्च गरिएको महिन्द्राको नयाँ एसयूभी एक्सयूभी थ्रीएक्सओ (3XO) नेपालमा परीक्षणका लागि भित्रिएको छ ।
कम्पनीहरुले बिक्री शुरु गर्नु भन्दा पहिले केही युनिट भित्र्याएर नेपाली सडकमा परीक्षण गर्ने गर्छन् । यसै अनुसार नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सो एसयूभी भित्र्याएको हो ।
अग्नि इन्कर्पोरेटेडले यसको मूल्य समेत सार्वजनिक गरेको छ । दुई भेरिएन्टमा उपलब्ध हुने एक्सयूभी थ्रीएक्सओको मूल्य क्रमशः ६० लाख ९० हजार र ६६ लाख ६५ हजार रुपैयाँ हुनेछ । यद्यपि नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने समयमा भने यसको मूल्य परिमार्जन हुन सक्ने सम्भावना पनि रहन्छ ।
नयाँ एक्सयूभी ३एक्सओ एमस्टालिङ जी१२ टीजीडीआई टर्बोचाज्र्ड एमपीएफआई इन्जिनले सुसज्जित गरिएको छ, जसले १३० पीएस पावर र २३० एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले सो कारमा एक्सयूभी३०० को डिजाइन भन्दा फरक डिजाइन गरेको छ । यसमा एलईडी डेटाइम रनिङ लाइटद्वारा रेखांकित गरिएको एलईडी प्रोजेक्टर हेडलाइट्स समावेश गरिएको छ तथा सी आकारको टेल लाइट्स दिइएको छ ।
गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र यसको छेउमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । यसको बुट स्पेस २५७ लिटरबाट बढाएर २९५ लिटर पु-याइएको छ ।
कम्पनीले यस गाडीमा ७ वटा स्पिकरसहितको प्यानोरामिक, हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध गराएको छ, जसलाई एड्रेनोक्सबाट एक्सेस गर्न सकिन्छ । सेफ्टीको लागि गाडीमा ईएसपी, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स र एडास जस्ता फिचर समावेश गरिएको छ ।
महिन्द्रा एण्ड महिन्द्राले सेप्टेम्बर २०२२ मा इलेक्ट्रिक एक्सयूभी ४००...
इन्डिगो सञ्चालक कम्पनी इन्टरग्लोब एभिएसनले महिन्द्रा इलेक्ट्रिक...
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...