नयाँ नामले आउने भयो महिन्द्रा थार ५ डोर, एडास र ३६० डिग्री क्यामेरा पाइने

काठमाडौं– महिन्द्राको बहुप्रतिक्षित एसयुभी थार ५ डोर नयाँ नामले आउने भएको छ । थारको ५ डोर भर्सनलाई कम्पनीले रक्स नाम थपेर ल्याउने भएको हो । सो एसयूभी १५ अगष्टमा लन्च हुने तय भएको छ ।

थार रक्समा एडास र ३६० डिग्री क्यामेरा लगायत फिचर उपलब्ध हुने महिन्द्राले जनाएको छ । सो एसयूभीको लुक्स र डिजाइन हाल उपलब्ध ३ डोर भर्सनको जस्तै हुने भएपनि एक्सटेरियरमा केही परिवर्तन हुनेछ । पुरानै सर्कुलर हेडल्याम्प उपलब्ध हुने थार रक्समा सी आकारको डिआरएलसंगै एलईडी प्रोजेक्टर सेटअप भने थप हुनेछ ।

नयाँ थार म्यानुअल र अटोमेटिक गियरवक्स विकल्पमा उपलब्ध हुनेछ भने पेट्रोल र डिजेल दुबै इन्जिनमा आउनेछ । सो लाइफस्टायल एसयुभीमा १.५लिटर डिजेल, २.२ लिटर डिजेल र २.२ लिटर पेट्रोल इन्जिनको विकल्प पाइनेछ ।

फिचरको कुरा गर्नुपर्दा यसमा १०.२५ इन्चको डुअल डिस्प्ले, पानारोमिक सनरुफ, सम्पूर्ण लाइट एलइडी र डायमन्ट कट एलोई ह्विल लगायत उपलब्ध हुनेछ । थार रक्स पुरानो ३ डोर भर्सनजस्तै रियर–ह्विल–ड्राइभ र फोर–ह्विल–ड्राइभ भेरिएन्टमा आउने निश्चित भएको छ ।

सम्बन्धित समाचारहरू

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट हुने

यहि फागुन २२ देखी २७ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।...

बालाजु अटो वर्क्सका उत्कृष्ट डिलरले पाए अवार्ड र सम्मान

बालाजु अटो वर्क्सका उत्कृष्ट डिलरले पाए अवार्ड र सम्मान

काठमाडौं– महिन्द्रा गाडीमा बिक्रपछिको सेवा सम्हाल्दै आएको बालाजु अटो...

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्राले यात्रुवाहक सवारी साधन खण्डमा एसयूभी प्रदान गर्दै आइरहेको छ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...