सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
काठमाडौं – आफूसँग राष्ट्रिय परिचय पत्र हुनेहरुले साथमा ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने समाचार लगातार आइरहेका छन् । यसै सन्दर्भमा साउन १ देखि झन् यो नियम शुरु हुने भनेर समेत समाचार सार्वजनिक भएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र केही दिनमै सो कार्य टुङ्गिने बताएका थिए । रिजालले सरकारले साउन १ देखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नै नछाप्ने भनेका समाचार समेत आएका थिए ।
महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताएका थिए ।
त्यसैगरी साउन १ देखि व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी चालक अनुमतिपत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । १० असारमा प्रकाशित राजपत्र अनुसार यी सरकारी कागजातका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।
सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा राजपत्रमा विभिन्न निर्णय गरेको छ । सो निर्णयको (क) मा भनिएको छ, “नेपाल सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न ।”
सोही निर्णयको (ख) मा राजस्व, सवारी चालक अनुमतिपत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
यस अनुसार अब देखि सवारी चालक अनुमति पत्र सम्बन्धी कार्य गर्दा भने राष्ट्रिय परिचय पत्र अनिवार्य हुने नियम छ । यद्यपि सरकारले यसको वारेमा सार्वजनिक सूचना भने जारी गरेको छैन ।
राष्ट्रिय परिचय पत्र हुनेहरुले ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने नियम पनि अझै व्यावहारिक रुपमा लागू नभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । व्यावहारिक रुपमा हेर्नका लागि मात्र परिचय पत्रले काम गर्न सक्ने भए पनि ट्राफिकले हाल सम्म यस सम्बन्धी कुनै पत्र प्राप्त नगरेकाले कारवाहीको क्रममा भने लाइसेन्स नै आवश्यक हुने उनले बताए ।
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ...
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...